• ७ जेठ २०८१, सोमबार

पृथ्वी राजमार्गको दमौली–पोखरा खण्डको अवरोध हट्यो

blog

अमरराज नहर्की

तनहुँ, असोज २१ गते । पृथ्वी राजमार्गको दमौली–पोखरा खण्डको  अवरोध हटेको छ । चार घण्टा लगाएर पहिलो पन्छाएपछि सडक खुलेको हो ।  सडक खुलेपछि यात्रुहरू आ–आफ्नो गन्तव्यमा लागेका छन् ।  

आइतबार बिहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका – ६ तुरतुरे मौरी बजारस्थित पृथ्वी राजमार्गमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा अवरुद्ध भएको थियो ।

विपद् व्यवस्थापन प्रहरी जनशक्ति टोली, स्थानीय पालिका  र चाइनिज कम्पनीसँगको आवश्यक सहकार्यमा जेसिबीको माध्यमबाट उक्त पहिरो हटाएर बिहान १०:४० बजेबाट एकतर्फ सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो ।