वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता भएको छ । दुवै देशका विद्वानलाई सहभागी गराएर नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको वास्तुसम्बन्धी छ हप्ते गोष्ठी समापनका अवसरमा आज विश्वविद्यालयबीच सम्झौता भएको हो ।
फडिन्द्र अधिकारीलेखनाथ, असोज २० गते। आम निर्वाचन भएको करिब ९ महिनापछि गण्डकी प्रदेशसभाका चार वटा विषयगत समितिले नेतृत्व पाएका छन् । नेपाली काङ्ग्रेसले दुई, नेकपा एमाले र माओवादी केन्द्रले एक÷एक समितिका सभापति लिने सहमतिअनुसार शनिबार उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परेसँगै निर्विरोध सभापति चयन हुने निश्चित भएको हो । अर्थ तथा विकास समिति सभापतिमा भोजराज अर्याल र प्रदेश मामिला तथा कानुन समिति सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । अर्याल र खड्का नेपाली काङ्ग्रेसका सांसद हुनुहुन्छ ।लेखा समितिको सभापतिमा एमालेका सुधीरुकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित हुनुभएको हो । साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापति चयन बाँकी थियो । प्रदेशसभा सचिवालयको कार्यक्रम अनुसार सभापति चयनको औपचारिक घोषणा भने आइतबार हुने सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
कर्मयोगी बद्रीविक्रम थापाको नाममा स्थापित ‘कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८०’ बाट साहित्यकार डा. नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषी सम्मानति हुनुभएको छ ।
बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले गत मङ्गलबार उक्त विधेयक दर्ता गराउनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने नीतिसहित काम गरिरहेको बताउनुभएको छ । उहाँले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिलगायतका क्षेत्रमा काम गरिरहेको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि उद्योग कलकारखाना स्थापना आवश्यक भएको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको छ ।
प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जान लाग्नु भएको छ । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उहाँ बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुने छ ।
सल्यानमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान झिम्पेतर्फ जाँदैगरेको ना ६ ख ५४६३ नम्बरको बस आज दिउँसो कपुरकोट गाउँपालिका –३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
विदेशमा चिकित्सा विषय अध्ययन गर्न गएका विद्यार्थीको पहल र दाताहरुको सहयोगमा हेटौँडा उपमहानगरपालिका –६ मा सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल स्थापना गरिएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य छक्कबहादुर लामाले राष्ट्रसेवक कर्मचारीलाई आफ्नो अधिकारका लागि लड्नुका साथै राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ ।
पर्वतको विहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठे गाईको सरंक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिदैआएको छ । घरमा पालेको लोकल गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिइने गरेको हो ।
ताप्लेजुङमा बैदशिक रोगजारीबाट फर्किएका युवाहरु सङ्गठित भएका छन् । बैदशिक रोगजारीबाट फर्किएका युवाहरुले सदरमुकाम फुङ्लिङमा शनिबार जिल्ला भेला सम्पन्न गर्दै सङ्गठित भएका हुन् ।
सुनसरीको विभिन्न स्थानमा हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै छ । जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकासहित ग्रामीण क्षेत्रका मधेसी तथा थारु महिलाले आफ्नो तीन दिने महान पर्व जितिया उपबास बसेर मनाएका छन् ।
नेपाल–बेलायतबीच मैत्रीसन्धी भएको शतवार्षिकीको अवसरमा स्कटल्याण्डको एडिनवरास्थित रोयल बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।