काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका भौगोलिक रूपमा विकट गाउँपालिका हो । यो गाउँपालिकामा अहिले पनि बाह्रै महिना यातायातको पहुँच पुग्न सकेको छैन । गाउँपालिकाको केन्द्र र वडामा बाह्रै महिना
सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।। माकुराको जालो जस्तै, हुन्छ जेलिएको
आमा बा परिवारका जननका, सत् प्रेमका मूल हुन् यो संसार टिकाउने नमनका, आदर्शका माथ हुन् बा आमा घरमा भए मनुजका, पीडा दशा हट्दछन् उम्दा ती उपदेश ज्ञान र कला, सौभाग्यता मिल्दछन् ।
जब रात पर्छ, तिम्रो झल्को आउँछ निदाउँ निदाउँ भन्दा तिम्रो याद आउँछ । तिम्रो तस्बिर मुटुमा राखेकोले होला तिम्रो माया छातीमा टाँसेकोले होला
बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी कर्मचारी अहोरात्र नागरिकको शान्तिसुरक्षामा खटिन बाध्य छन् । प्रहरीले भाडामा लिएका भवनमध्ये १४ वटाको अवस्था जीर्ण रहेको छ । भूकम्पले बेला बेलामा कार्यालय भवन हल्लाइरहँदा प्रहरी कर्मचारी त्रसित बन्ने गरेका छन् । हिउँदमा चिसो र बर्खामा पानी चुहिने समस्या त सामान्य जस्तै छ ।
नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोकलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा व्यावसायिक रूपमा स्याउ खेती हुँदै आएको छ । स्याउमा नेपाल आत्मनिर्भर हुन नसके पनि हिमाली जिल्ला मनाङमा यसको व्यावसायिक खेती हुँदै आएको छ । पछिल्लो समय केही युवा स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । मनाङका पूर्वसांसद पाल्तेन गुरुङका छोरा युवराज गुरुङ पनि यस खेतीतर्फ लाग्नुभएको छ ।
अशान्त बनेको नेपालगन्ज क्रमशः शान्त हुँदै गएको छ । नगरको अवस्था शान्तिपूर्ण बन्दै गएपछि अहिले यहाँ रातिको कफ्र्यु मात्र जारी राखेर दिउँसोको हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार पनि दिउँसोको कफ्र्यु पूर्ण रूपमा हटाएर रातको समयमा मात्र १० घण्टाका लागि कफ्र्यु जारी राखेको छ । मङ्गलबार दिउँसो एक बजेबाट लगाइएको कफ्र्यु बिहीबारदेखि दिउँसो १२ घण्टाका लागि हटाइएको थियो । शान्तिसुरक्षा बलियो बनाउन निषेधाज्ञा भने दिउँसो पनि जारी नै राखिएको छ ।
बागमती प्रदेशमा अनुदान वितरणमा मनलाग्दी गर्ने व्रmमले निरन्तरता पाएको छ । मन्त्रालय र मन्त्रीले तजबिजीमा अनुदान रकम वितरण गर्दा अनियमितता बढेको छ भने बजेट पहुँचवालाको मात्र हातमा पर्ने गरेको छ ।
धेरै समयपछि पहिलोदेखि अन्तिम पृष्ठसम्म पूरै पढेको सायद ‘जीवन्त सम्बन्ध’ मेरो पहिलो पुस्तक हो । पुस्तक पढ्ने रुचि हुँदाहुँदै पनि व्यस्त दैनिकीका कारण सम्भव भएको थिएन । २४० पृष्ठको यस पुस्तक पढ्न भने एक साता लाग्यो । यस पुस्तकले आकर्षित गर्नुको मुख्य कारण यसमा व्यक्त गरिएका विचार वा घटना मेरै आफ्नै जस्ता र मेरै वरिपरि घटेका घटनाको वृत्तान्त जस्ता छन् । त्यसैले म वित्तीय क्षेत्रको व्यक्तिले साहित्यिक कृतिका बारेमा लेख्दै छु ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।
२०८० सालको जनैपूर्णिमाका लागि ठमेलस्थित टच कैलाश टुर एन्ड ट्राभल्समार्फत कैलाश मानसरोवरको यात्रामा जाने अवसर मिल्यो । तीन वटा बसमा ७० जना यात्रुको टोली र गाइडलगायतका सहयोगीसाथ भदौ ९ गते हाम्रो यात्रा सुरु भयो । टोखा छहरेको बाटो, पासाङल्हामु राजमार्गको धुन्चे हुँदै रसुवागढीमा पुगेर होटलमा बसियो । धुन्चेदेखि रसुवागढीसम्मको बाटो ज्यादै नराम्ररी बिग्रिएको रहेछ । ज्यान माया मारेर हिँड्नुपर्ने रहेछ । धन्न हाम्रा चालकले हामीलाई सुरक्षित गन्तव्यमा पु¥याउन सफल भए । चीनसँगको व्यापारको मुख्य नाका रसुवागढी जोड्ने सडकको दुरवस्था देख्दा मन खिन्न भयो ।
एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्गाउँदै हुनुहुन्थ्यो ।
दुर्लभ जनावर रेडपान्डाको मुख्य आहारा मालिङ्गो हो । लेकाली क्षेत्रमा जब मालिङ्गोमा टुसा पलाउन थाल्छ, तब रेडपान्डाका पोथीहरूले बच्चा जन्माउने र हुर्काउने समय सुरु हुन्छ । रेडपान्डाले शान्त ठाउँ मन पराउँछ । मानव तथा अन्य जनावरले गरेको अशान्त क्रियाकलाप यसले मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेश गर्न रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी रोक लगाइन्छ । होहल्ला भएमा रेडपान्डाको माउले बच्चा छोडेर हिँड्ने खतरा हुन्छ । अनि स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ । जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर
ऋषि महर्षिहरूले ज्ञानको प्रयोगशालामा पत्ता लगाएको आविष्कार हो– गोत्र । अतः यसको विज्ञान सामान्य विज्ञानभन्दा पर छ । यसको स्वरूप पवित्र छ, आध्यात्मिक छ र तेजवान् छ । ‘गोत्रमिन्द्राणि मे रक्षेत् !’ अर्थात् ‘इन्द्राणी’ देवीले मेरो गोत्रको रक्षा गरून् । दुर्गाकवचमा देवताहरूले गोत्र रक्षाका लागि देवीसँग गरिएको यो याचनाले पनि गोत्रको तेज र पवित्रतालाई स्पष्ट पार्छ । अनि गोत्र असुरक्षित हुन सक्ने तथ्यलाई पनि माथिकै श्लोकांशले खुलस्त पार्छ ।
भारतमा केएल सहगल, तलत महमुद, मोहम्मद रफी, मन्नाडे, मुकेश, शमशाद बेगम, नुरजहाँ, सुरैया, लता मङ्गेशकर, आशा भोसले आदि एक से एक प्रसिद्ध र धुरन्धर गायक र गायिका छन् । यस लहरमा गायक किशोरकुमार पनि एक हुन् । हिन्दी चलाचित्र जगत्मा सन् १९६५ देखि १९७५ सम्मको अवधिलाई गीत÷सङ्गीतको स्वर्णकाल (गोल्डेन युग) भनिन्छ । यस अवधिमा विभिन्न गीतकार, सङ्गीतकार, गायक तथा गायिकाले कालजयी, अत्यन्त कर्णप्रिय र मन्त्रमुग्ध पार्ने गीत/सङ्गीत सिर्जना गरेका छन्