नेपाली काँग्रेसका सांसद एवं नेत्री आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ ।
नेपाली गीत सङ्गीतको प्रारम्भिक कालदेखि अहिले सम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतार चढाव आएको देखिन्छ। हुनत हामीकहाँ लोक गीत, शास्त्रीय सङ्गीतदेखि लिएर विभिन्न क्षेत्रमा गाइने स्थानीय गीतहरुको पनि त्यतिकै महत्त्व छ।
“भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोसा” भन्ने नारासहित बुटवलको श्री मध्य पश्चिम पृतना हेडक्वार्टरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन-२०७९ सोमबार सम्पन्न भएको छ ।
उत्तरपश्चिम जर्मनीको ब्राम्चेमा रहेको एउटा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
बालबालिका राष्ट्रिय नीतिको मस्यौदा सम्बन्धी सुझाव सङ्कलनको उद्देश्यले सरोकारवाला पक्षबीच छलफल भएको छ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनका लागि १८ राजनीतिक दल दर्ता भएका छन् । आज (मङ्गलबार) सम्म उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
कैलालीको धनगढीमा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला मङ्गलबारदेखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कैलालीको आयोजनामा सूचना प्रविधि मेला सुरु भएको हो ।
‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड-२०२३’ हुने भएको छ । जसमा गीत सङ्गीत दर्ता गर्न शुल्क नलाग्ने र सबै प्रकारका गीत दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेट गर्नुभएको छ ।
तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्त्वपूर्ण गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो ।
अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले २०२२ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड जित्नुभएको छ
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।
ताप्लेजुङमा यसअघि स्थगित भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो फागुन २३ देखि २५ गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा लघुवित्त संस्थाको ज्यादतीबाट पीडित स्थानीय विरोध प्रदर्शनमा उत्रिएका छन्।