• ११ मंसिर २०८१, मङ्गलबार

गीत संगीतमा हरिका पदचाप

blog

हरि कर्माचार्य ।

काठमाडौं, फागुन १६ गते। हामीले सुगम सङ्गीतलाई आधुनिक गीत सङ्गीतको रुपमा बुझ्ने गर्दछौ। नेपाली गीत सङ्गीतको प्रारम्भिक कालदेखि अहिले सम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतार चढाव आएको देखिन्छ। हुनत हामीकहाँ लोक गीत, शास्त्रीय सङ्गीतदेखि लिएर विभिन्न क्षेत्रमा गाइने स्थानीय गीतहरुको पनि त्यतिकै महत्त्व छ। 

नेपाली आधुनिक गीत सङ्गीतमा मित्रसेनदेखि लिएर हेर्दा रानु देवी, मेलवा देवी, हरिप्रसाद जस्ता नाम लिइन्छ। मित्रसेनको कालदेखि आजको डिजिटल युग सम्ममा हजारौं गायक गायिकाले नेपाली गीत सङ्गीतमा आफ्नो जीवन व्यतित गरिसक्नु भएको छ। हाम्रो सुगम गीत सङ्गीतको आफ्नै अस्तित्व र फरक पहिचान छ।

नेपाली गीत सङ्गीतमा चिरपरिचित नाम हो हरि कर्माचार्य। गायनसँगै उहाँले थुप्रै गीत लेख्नु भएको छ। उहाँ संगीतमा पनि पोख्त हुनुहुन्छ। काभ्रेपलाञ्चोकमा २०३२ सालमा जन्मनुभएका कर्माचार्य देशभरमा हुने थुप्रै मेला महोत्सवमा आफ्ना प्रस्तुति दिनुभएको छ। 

कर्माचार्य २०४६ सालदेखि औपचारिक रूपमा संगीतको शिक्षा लिएर यो क्षेत्रमा होमिनुभएको हो। उहाँको पहिलो सांगीतिक कोशेली ‘हृदय भरी’ बजारमा आएको थियो। २०५४ सालमा ‘ग्लुमी गाईज’सँग आबद्ध भई उहाँको रचना संगीत र स्वरमा रहेको ‘आकाशैमा चिल उड्यो फनन’ बोलको गीत बजारमा आयो।  उहाँको स्वरमा रहेको गीत ‘हेर्न देऊ तिम्रो मुहार’ त्यतिकै रुचाइएको छ। त्यस्तै ‘टाटा गाडीमा’, ‘दार्जिलिङको रेल’, ‘हल्ला मच्चियो’, ‘ज्यानमारा जोवन’, ‘टाटा वाइवाई’, ‘आउने भए आउ माया’, ‘ओठको मुस्कान’ लगायत थुप्रै लोकप्रिय गीत उहाँका श्रोता÷दर्शकमाझ लोकप्रिय छन्। उहाँले गाउनुभएका ‘पिरतीको तालमा’, ‘मायाको डोरीले’ जस्ता गीत चर्चित छन्। 

उहाँकै शब्द, संगीत र स्वरमा ‘यो हो हाम्रो नेपाल’, ‘एउटा प्रश्न’ छिट्टै श्रोता/दर्शकमाझ ल्याउन लाग्नुभएको कर्माचार्यको स्वरमा ‘पिरतीको बाटो श्रोता÷दर्शकमाझ आउँदै छ। उहाँले इमेज अवार्ड, प्राइम स्रष्टा सम्मान, युनिभर्सल पिस फेडेरेसनको एम्बासडर २०१६, नाट्यश्वर विशेष सम्मान, सुन्दरादेवी सन्देश सामाजिक सम्मानलगागत थुप्रै मान सम्मान, अवार्ड र पुरस्कार र सम्मान पाउनुभएको छ।