सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवामा सञ्चालित आँखा शिविरमा एकैदिन चार सय जनाले आँखा जाँच गराएका छन्।
२३ औं बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एन्फा मोरङ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले देशको राजनीति सकारात्मक दिशामा अगाडि बढिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मधेश प्रदेशका नवनिर्वाचित पदाअधिकारीको पदस्थापन कार्यक्रममा मंगलबार यहाँ उहाँले सो कुरा बताउनुभएको हो ।
लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत मधेश प्रदेशका ११ जना पत्रकार दीर्घ सेवा सम्मानबाट सम्मानित हुनुभएको छ । मंगलबार जनकपुरधाममा आयोजित प्रेस युनियन प्रदेश कार्यसमिति पदस्थापन समारोहको अवसरमा सम्मानित हुनुभएको हो ।
माझी समुदायको मुख्य पर्व लदिपूजा अर्थात कोशीपूजा गरेर धनकुटाका माझी समुदायले धूमधामका साथ मनाएका छन् । प्रत्येक बर्षको फागुन महिनाको तेस्रो मंगलबार पहाडी माझी समुदायमा आफ्नो महत्वपूर्ण पर्व लदिपूजा गर्ने गरेका छन् ।
भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनल खेलमा आर्मीले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।
झापाको कमल गाउँपालिकाले माध्यमिक तहमा अध्यनरत किशोरीलाई लक्षित गरी ‘किशोरी आत्मरक्षा तालिम’ सुरु गरेको छ । एकान्तमा हिड्दा होस् या जुनसुकै समयमा पनि आफु्माथि आक्रमण भएको अवस्थामा उनीहरुले आफ्नो सुरक्षा आफै गर्न सक्नेगरी तालिममा सीप सिक्न लागेका हुन् ।
राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली मंगलबार अपरान्ह प्रकाशित भएको छ ।
सुदूरपश्चिम प्रदेशमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको औंल्याइएको छ।
गायक निर्मल दाहालको पागल बोलको गीत सार्वजनिक भएको छ । धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको उक्त गितलाई पिगि प्रडक्सनका प्रमोद परियारले संगीत सम्योजन गर्नुभएको छ ।
नेपाली काँग्रेसका सांसद एवं नेत्री आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ ।
नेपाली गीत सङ्गीतको प्रारम्भिक कालदेखि अहिले सम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतार चढाव आएको देखिन्छ। हुनत हामीकहाँ लोक गीत, शास्त्रीय सङ्गीतदेखि लिएर विभिन्न क्षेत्रमा गाइने स्थानीय गीतहरुको पनि त्यतिकै महत्त्व छ।
“भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोसा” भन्ने नारासहित बुटवलको श्री मध्य पश्चिम पृतना हेडक्वार्टरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन-२०७९ सोमबार सम्पन्न भएको छ ।
उत्तरपश्चिम जर्मनीको ब्राम्चेमा रहेको एउटा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।