स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा रहेका विद्यमान समस्या समाधान गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।
भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर पसल सञ्चालन गर्ने जनाएको हो ।
त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थानले बीइ र बीआर्क तहको प्रवेश परीक्षा कात्तिक १४ गते देखि सञ्चालन गर्ने जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
मकवानपुरको थाहा नगरपालिका १ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
वि.सं २०६४ र २०७० मा संविधान सभा सदस्य रहनुभएकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना र गरिने प्रश्न लोकतन्त्रको सुन्दर पक्ष लाग्छ ।
नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङको फाइनल चरणमा प्रवेश गर्नुभएको छ ।
सय वर्षअघिको घर त होइन यो । सय वर्षअघिकै भए पनि नियति यही नै थियो । संरक्षण गर्न लायकको थियो त्यो । कारण यो पुरातात्त्विक सम्पदा पनि होइन । पुरातत्वको दृष्टि सबैतिर पुगेको पनि हुँदैन तर यस घरमा जन्मेकाहरूको घर संरक्षणमा केही कर्तव्य बन्थ्यो भनिए पनि ती अहिले कताकता गइसके । घर खाली छ । भन्नाले अधिकांश चोटाकोठाहरू खाली छन् । घर बुढो भइसक्यो । यसमा बस्नेहरूले छाडेको पनि तीन पुस्ता लाग्न थालेको छ । जति पुस्तान्तर भए पनि घर उदास छ । घरले रमाइलो अनुभव गर्न पाएको छैन । उति बेला घरमा दसैँ, तिहार र तिज पर्व आउँथे । घरमा हल्लीखल्ली भइरहन्थ्यो । मानौँ संसारभ
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका भौगोलिक रूपमा विकट गाउँपालिका हो । यो गाउँपालिकामा अहिले पनि बाह्रै महिना यातायातको पहुँच पुग्न सकेको छैन । गाउँपालिकाको केन्द्र र वडामा बाह्रै महिना
सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।। माकुराको जालो जस्तै, हुन्छ जेलिएको
आमा बा परिवारका जननका, सत् प्रेमका मूल हुन् यो संसार टिकाउने नमनका, आदर्शका माथ हुन् बा आमा घरमा भए मनुजका, पीडा दशा हट्दछन् उम्दा ती उपदेश ज्ञान र कला, सौभाग्यता मिल्दछन् ।
जब रात पर्छ, तिम्रो झल्को आउँछ निदाउँ निदाउँ भन्दा तिम्रो याद आउँछ । तिम्रो तस्बिर मुटुमा राखेकोले होला तिम्रो माया छातीमा टाँसेकोले होला
बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी कर्मचारी अहोरात्र नागरिकको शान्तिसुरक्षामा खटिन बाध्य छन् । प्रहरीले भाडामा लिएका भवनमध्ये १४ वटाको अवस्था जीर्ण रहेको छ । भूकम्पले बेला बेलामा कार्यालय भवन हल्लाइरहँदा प्रहरी कर्मचारी त्रसित बन्ने गरेका छन् । हिउँदमा चिसो र बर्खामा पानी चुहिने समस्या त सामान्य जस्तै छ ।
नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोकलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा व्यावसायिक रूपमा स्याउ खेती हुँदै आएको छ । स्याउमा नेपाल आत्मनिर्भर हुन नसके पनि हिमाली जिल्ला मनाङमा यसको व्यावसायिक खेती हुँदै आएको छ । पछिल्लो समय केही युवा स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । मनाङका पूर्वसांसद पाल्तेन गुरुङका छोरा युवराज गुरुङ पनि यस खेतीतर्फ लाग्नुभएको छ ।