• १२ साउन २०८१, शनिबार

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी

blog

हेरात, अफगानिस्तान, असोज २१  गते ।  पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ ।

शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रबिन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको  थियो ।

“दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,” सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भन्नुभयो ।

उहाँले एएफपीसँग भन्नुभयो, “मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयासहरू भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको सङ्ख्या यो भन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।” 

जिन्दा जान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रबिन्दु नजिकै दर्जनौँ घरहरू भत्किएको पुष्टि गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए । उहाँले भन्नुभयो “अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन् ।” रासस/एएफपी