आजको दर्शन कालो बादलबाट मुक्त भएर निक्खरा भएको छ । ठूला चक्रवातमा पौडी खेल्दै बल्लतल्ल यो आफ्नो अस्तित्व पाउन सफल भयो । दर्शनको लक्ष्य अन्तिम सत्यमा पुग्नु हो जसलाई भेट्न यसले कयौँ सहस्र वर्ष पर्खनुप-यो । यसमा जे जति दरिला चिन्तनहरू भए तिनीहरू अन्तिम सत्यमा पुग्नभन्दा वरै रहेर त्यसको भ्रम दिइरहेथे । दर्शन उनीहरूका निम्ति चिन्तनमा गरिने रमाइलो कसरत थियो जहाँ परम सत्यलाई भेट्ने लक्ष्य धूमिल हुन जान्थ्यो । सत्य प्राप्तिको लालसामा यसले हामीलाई ठोस यथार्थसम्म पु-याउन सकेन ।
युगयुगान्तदेखि रहेको यो आकाशको चोक्टो मुन्याड रहिबसेर जब मः एउटा पुस्तक पढ्छु, एउटा गीत भुत्भुताउँछु, एउटा कविता कोर्छु,
बिलौना गर्ने, आँसु झार्ने मेरै भाग हुन्छ सुकिलो रुमालभर छिनमा दागैदाग हुन्छ झन् आँसु बग्छ सम्हालिन खोज्छु जति कठै ! आँखाहरू चुहिरहनु बन्यो नियति रुनेको अक्सर यहाँ एकान्तै माग हुन्छ
भाइबहिनीहरू, फागु पर्व अर्थात् होली फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबारस्थित वसन्तपुरमा विधिवत् रूपमा चीर गाडेपछि सुरु भएको मानिन्छ । होली पर्व सांस्कृतिक महोत्सवका रूपमा मनाइने र शिशिर ऋतुको समाप्तिपछि वसन्त ऋतुको आगमनमा मानिसको मनभित्र उकुसमुकुस भएर रहेका कुरालाई बाहिर उजागर गराएर शीतलता अनुभव गर्ने मनोकाङ्क्षाका रूपमा पनि लिने गरिन्छ ।
कलियुग हो यो विश्वास थोरैलाई गर्नु । खुट्टा तान्ने धेरै हुन्छन् आफ्नो पाइला मजबुत पार्नु ।।
मानिस चेतनशील प्राणी हो । प्राणीहरूमध्ये मानिस सर्वश्रेष्ठ पनि मानिन्छ । उसले आफ्नो जीवन सहज र सरल बनाउन चाहन्छ । मानिसले धेरै नयाँ कुराको आविष्कार पनि गरेको छ तर आफ्नो जीवनलाई अझ सुखमय बनाउन प्रकृति र यसको संरक्षणमा भने चासो दिँदैनौँ । उसले यही प्राकृतिक वातावरणलाई भने नाश पार्दैछ । त्यसैले आज हाम्रो प्रकृति प्रतिकूल हुनुका कारण पनि हामी नै हो । जसले गर्दा मानव जीवनमा धेरै समस्या निम्त्याइरहेको छ ।
रुखै रुख भएको जङ्गल सधैँभरि सुनसान हुन्छ । रुखहरूले कहिलेकाहीँ हल्ला त गर्छन् बतासले हल्लाउँदा अनि
निमित्तको भरमा चलेको बैतडीको पाटन नगरपालिकामा मन्त्रालयले दरबन्दीअनुसार उपसचिवस्तरका हाकिम पठाउँदा नगरप्रमुखले बाटोमै रोक्न खोजेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १७ गते पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव ओमप्रसाद पाण्डेलाई पठाउने निर्णय गरेको थियो। मन्त्रालयले निर्णय गरेको भोलिपल्टै नगरप्रमुख गौरीसिंह रावलले हाल कार्यरत निमित्त कार्यकारी लक्ष्मीदत्त भट्ट अनुभवी भएकाले उहाँलाई नै जिम्मेवारी दिन मन्त्रालयलाई १८ गते पत्र पठाउनुभएको छ।
कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएको छ। विगतमा प्रयोगशाला नहुँदा कुनै पनि रोगको परीक्षण गर्न प्रदेशबाहिर पठाउनुपर्ने अवस्था रहेकोमा अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएपछि सहज हुने भएको छ। शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभयो। सो क्रममा मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताउनुभयो। उहाँले प्रयोगशाला सञ्चालन भएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न लागिने जानकारी दिनुभयो।
जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई रगतको आवश्यकता परे सुरक्षाकर्मीहरूकै भर पर्नुपर्ने बाध्यता छ। अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नहुनु र रगतको आवश्यकता परे सुरक्षाकर्मीहरूलाई खबर गर्न सहज हुने भएपछि सुरक्षाकर्मीकै रगतको भर पर्नुपर्ने बाध्यता रहेको हो।
दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो ।
प्राकृतिक तवरले मानव उपचारमा अति महत्त्वपूर्ण मानिने आयुर्वेद औषधि उपचार पद्धतिको ख्याति संसारमा दिन प्रतिदिन अभिवृद्धि हुँदै गएको पाइन्छ । विशेषगरी योग, ध्यान, जडीबुटी, आहार–विहारलाई केन्द्रबिन्दुमा राखिने आयुर्वेदीय उपचार पद्धतिलाई प्रकृतिसँग निकै निकट उपचार पद्धतिका रूपमा समेत लिइन्छ । परापूर्वकालदेखि नै नेपाली समाजमा आयुर्वेद उपचार परम्पराको निकै महत्त्वपूर्ण स्थान रहेको यथार्थ छ । आधुनिक चिकित्सा प्रणाली भित्रिनुअघि नेपाली समाजको स्वास्थ्य स्थिति नै यसै परम्परामा पूर्ण रूपमा निर्भर रहेकै कारण पनि यो नेपालीका निमित्त निकै महत्त्वपूर्ण उपचार विधि हो । नेपाली समाजको अभिन्न अङ्गका रूपमा आयु
मुलुकले आगामी फागुन २५ गते तेस्रो राष्ट्रपति पाउनेछ । फागुन २९ सम्म राष्ट्रपति विद्यादेवी भण्डारीकै कार्यकाल रहेको भए तापनि उहाँको पदावधि समाप्त भएपछि पदासीन हुने व्यक्तित्वको निक्र्योल त्यस दिन हुनेछ । कुनै पनि गल्ती नगर्ने मान्यता बोकेको देशको सर्वोच्च पदमा को निर्वाचित होला भन्ने चासो मुलुकभित्र र बाहिर जताततै हुनु स्वाभाविक नै हो ।
अहिले नेपालमा गणतन्त्र स्थापनापछिको तेस्रो राष्ट्रपति निर्वाचनको सरगर्मी सुरु भएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङबीचको प्रतिष्पर्धामा कसले बाजी मार्ने हो ? यो भने फागुन २५ गते टुङ्गिनेछ । निर्वाचनको यो रस्साकस्सीमा धेरै शक्ति राष्ट्रपति आफ्नो अनुकूलको बनाउन लागिपरेका छन् । निर्वाचनमा दुवै उम्मेदवारले पत्राचारसमेत गरेर आफूलाई मत मागिरहेका छन् ।