अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आइएस लडाका मारिएका छन् ।
स्टार स्ट्राइकर केलियन एमबाप्पेले कीर्तिमान रचेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएस्जी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ ।
तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ ।
रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न ६४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको मतपरिणाम आज (आइतबार) आएको हो । सङ्घको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शङ्कास्पद अवस्थामा बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घरबाट हराएको तीन सातापछि बालिकाको शव फेला परेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१०, का ३४ दीपक स्याङतानको मृत्यु भएको हो ।
आइतबार बिहान चिशंखुगढी गाउँपालिकादेखि ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ ।
फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिष्टहरुले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५० वर्ष पुगेको छ । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना सहिद बन्नु भएको थियो ।
जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
चिशंखुगढी गाउँपालिका देखी ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो ।
एउटा जुत्ताको मूल्य दुई करोड रुपियाँ पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । प्रख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले प्रयोग गरेको जुत्ताको मूल्य दुई करोड रुपियाँको तोकिएको छ ।
मानव जाति यात्री हुन् । मानव सभ्यताको विकास पनि यात्राबाटै भएको हो । वर्तमान सिरिया, इजिप्ट र इरानलाई आधुनिक मानव सभ्यताको जननी मानिन्छ । त्यहीँबाट एकथरी पश्चिम ग्रिसतिर लागे । अर्काथरी पूर्वतिर । खसहरू त्यतैबाट अफगानिस्तान, हिन्दुकुस, कस्मिर हुँदै हिमालयको दक्षिण र गङ्गामैदानमा पुगेका हुन् । दसौँ हजार वर्षदेखिको यात्रा जारी छ । रेल, हवाईजहाज, पानीजहाज, समुद्रमुनि र समुद्रमाथि गरिने द्रुत गतिका यातायातका साधनले पृथ्वीको यात्रा सहज र छिटो बन्यो । अबको यात्रा अन्तरिक्षतिर केन्द्रित गरिँदैछ । मानिसले मानिसलाई मार्ने काम जङ्गली अवस्थाको प्रारम्भमा थियो, आजको अति विकसित युगमा पनि छ ।