• ६ जेठ २०८१, आइतबार

एमबाप्पेको कीर्तिमानमा पीएसजीको सानदार जित

blog

गोल गरेपछि केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, फागुन २१ गते । स्टार स्ट्राइकर केलियन एमबाप्पेले कीर्तिमान रचेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएस्जी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ ।

घरेले मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ४–२ गोलले हरायो । पीएसजीको जितमा एमबाप्पे, लियोनल मेस्सी र डानिलो पेरेइराले गोल गर्नुभयो । पीएसजीले अर्को गोल नान्टेसबाट उपहार पाएको थियो । नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गर्नुभयो । 

पीएसजीले १२औँ मिनेटमा मेस्सीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो । ३१औँ मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

३८औँ मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि ६०औँ मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई अगाडि बढाउनुभयो । इन्जुरी समयमा  एमबाप्पेले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो ।

यससँगै एमबाप्पेले पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान रच्नुभएको छ । उहाँले एडन्सन काभानीको नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । २४ वर्षीय एमबाप्पेले पीएसजीका लागि दुई सय ४७ खेलमा दुई सय एक गोल गर्नुभएको हो ।

यसअघि काभानीको नाममा तीन सय एक खेलका दुई सय एक गोल थियो । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले २६ खेलबाट ६३ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ५२ अङ्क छ । पराजित नान्टेस २८ अङ्कसहित १३औँ स्थानमा छ । अर्को खेलमा लिले र लेन्सले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी