• १ असार २०८२, आइतबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

भक्तिविलास पोखरेल 
गाईघाट, जेठ ३१ गते ।
मदनभण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ स्थित पेट्रोल पम्म नजिक मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय नविन राईको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक मौसम उदासका अनुसार वडा नं ३ स्थित घरबाट रामपुर बजारतर्फ जाँदै गरेको अवस्थामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु भएको हो ।

दुर्घटनामा राईको घटनास्थलमै मृत्यु भएको शनिबार बिहानमात्र थाहा भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब निरीक्षक उदासले बताउनुभयो ।