• १६ साउन २०८२, शुक्रबार

मोटरसाइकलकाे ठक्करबाट एक जनाको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, साउन १५ गते । गोरखामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोरखा नगरपालिका–१० बिरेन्चोकका ७० वर्षीय क्षेत्रबहादुर थापाको उपचारको क्रममा बिहीबार बिहान १ बजे राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बुधबार बेलुका ४ बजेको समयमा पृथूवी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरनी सडक खण्डको गोरखा नगरपालिका–१०, बिरेन्चोकमा गोरखा सदरमुकामतर्फ आउँदै गरेको लु. ६१ प. ४६८५ नम्बरको मोटरसाइकलले सडक छेउमा हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । 

मोटरसाइकलले ठक्कर दिएपछि आफन्त र स्थानियले तत्काल चितवनको मनकामना अस्पताल पठाइएकोमा उपचारको क्रममा चिकित्सकले मृतक घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

उक्त मोटरसाइकल चालक नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका–१ का २९ वर्षीय साजन जिसीलाई दुर्घटना भएको ठाउँबाट प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो ।