आजको दर्शन कालो बादलबाट मुक्त भएर निक्खरा भएको छ । ठूला चक्रवातमा पौडी खेल्दै बल्लतल्ल यो आफ्नो अस्तित्व पाउन सफल भयो । दर्शनको लक्ष्य अन्तिम सत्यमा पुग्नु हो जसलाई भेट्न यसले कयौँ सहस्र वर्ष पर्खनुप-यो । यसमा जे जति दरिला चिन्तनहरू भए तिनीहरू अन्तिम सत्यमा पुग्नभन्दा वरै रहेर त्यसको भ्रम दिइरहेथे । दर्शन उनीहरूका निम्ति चिन्तनमा गरिने रमाइलो कसरत थियो जहाँ परम सत्यलाई भेट्ने लक्ष्य धूमिल हुन जान्थ्यो । सत्य प्राप्तिको लालसामा यसले हामीलाई ठोस यथार्थसम्म पु-याउन सकेन ।
आज विज्ञान र प्रविधिको उच्च विकास हुँदा हाम्रा तिक्खरा आँखा टाढासम्म देख्ने, मसिना तìवलाई खुट्याउन सक्ने भएका छन्, हामीमा तेस्रो आँखाको उन्मिलन भएको छ । नयाँ परिप्रेक्ष्यमा हामी सोध्न उत्सुक भएका छौँ :
दर्शन के हो ? यसको लक्ष्य के हो ? यसले हामीलाई के पढाउँछ ?
हजारौँ हजार वर्ष बित्दा पनि दर्शनको एक परिभाषा अपरिवर्तित भएर रहेको छ :
दर्शन अन्तिम सत्यको खोज हो ।
अद्यतन मान्यतामा अन्तिम सत्य के हुनसक्छ ? त्रिरत्न । अनिश्चितता, आकस्मिकता र अनिर्णयका तीन रत्नमा हामी अन्तिम सत्यको साक्षात्कार गर्दछौँ । त्रिरत्नमा कहिले यसले र कहिले उसले प्राथमिकता पाएको देखिन्छ तापनि श्रेष्ठ रत्न अनिश्चितता नै हो । ती तीन रत्नहरू खास खास स्थितिमा आआफ्नै शक्ति प्रदर्शन गर्दै आएका छन् ।
अनिश्चितता, आकस्मिकता र अनिर्णय/अनिर्णयात्मकता जस्ता निषेधात्मक पदमा रहेर दर्शन सन्तुष्ट हुनसक्छ भन्नु गलत हुन्छ । सृष्टिको अस्तित्व निषेधमा विद्यमान हुन्छ भन्ने स्वीकार गर्नु सहज छैन । त्रिरत्नले हामीलाई निषेधबाट विधेयमा लैजान्छ । म पहिला थिइनँ, जब जन्मेँ तब निषेधबाट विधेयमा आएँ । रातको निषेध सधैँ व्याप्त भइरहन सक्तैन । सृष्टिको उदय नभएसम्म मात्र प्रलयको आतङ्क चलिरहन्छ । वसन्तको हराभरा अवस्थामा प्रसन्न भएका हामी तातो ग्रीष्मको उकुसमुकुसीमा छटपटिन्छौँ ।
बाढी र पहिरामा जो परे तिनीहरू निषेधमा हराए, जो जोगिए तिनीहरूले संस्कृतिलाई बचाए, स्थानीय इतिहासका पृष्ठहरू वाचाल बने । निषेधमा व्यक्तिको जीवन जले पनि बचेखुचेकाहरूले आशाको बत्तीलाई जगाइराख्छन् । नैराश्यको पोखरीमा फुलेका आशाका कमलहरू हाम्रो क्षतविक्षत मनलाई आश्वस्त पार्न खोज्छन् । दुःखको कुरा यो छ कि अस्तित्ववादजस्ता केही दर्शनले मात्र व्यक्तिको निजत्वलाई बुझ्न सके । हो, उत्तरलेखनमा व्यक्तिमूल्यले विशिष्ट स्थान ओगटेको छ ।
सारांशमा हामी निषेधले खटाएको विधेयका कर्ता र भोक्ता हौंँ ।
सृष्टिको मूलमै त्रिरत्नको घचघची रहने हुँदा दर्शनका जराको उद्गम प्राग्ऐतिहासिक अवस्थामै हुनगएको हो जसको खोज विज्ञ दार्शनिकले नै गर्न सक्तछ । अनिश्चितताका तीन रत्नहरूले अतीतदेखि नै मानव समाजलाई र समस्त सृष्टिलाई नै हल्लाइरहे पनि मान्छे क्षणिक निश्चिन्तताको सपनामा डुब्न रमाउँछ । यसैले दृष्टि खुलेका बखत सामान्य मान्छे पनि संसारलाई सपनाका रूपमा परिभाषित गर्दछ । २०७२ सालको भूकम्पमा नेपालीले अपूरणीय क्षति बेहोर्नुप¥यो । सामान्य मानवीय बुद्धिका निम्ति त्यो आकस्मिक घटना थियो, जसले जीवन र सृष्टिको यथास्थितिलाई अनिश्चित बनाइदियो र अब के हुने हो अनिर्णीत छ । भूगर्भमा कार्यकारण भावको सङ्गति भएरै भूकम्प निस्क्यो होला तर त्यसको पूर्वज्ञानको सङ्केत सानो समयमा मात्र सीमित हुनाले मान्छेको दुर्भाग्यको निवारण कठिन छ । भूकम्पलाई न रोक्न सकिन्छ न त एक दुई घण्टाअगाडि नै त्यसको सूचना पाउन सकिन्छ । भूकम्प प्रतिरोधी घर तथा परिवेशको निर्माण गरेर मान्छे त्यसमाथि केही हदसम्म विजय गर्न सक्तछ ।
समाजलाई हल्लाउने कोभिड १९ उस्तै भयावह आतङ्क हो । तीन रत्न जडिएको त्रिशूलको प्रहार कहिले, कसमाथि हुने हो अनिर्णीत छ । त्यसको कार्यकारण भाव खुट्याउन सामान्य मान्छे असमर्थ छ । विज्ञहरूले खुट्याएरै खोप बनाए होलान् तर त्यसले खोप लगाएका आज्ञापालकहरूलाई पनि छाडेन । आकस्मिकता र अनिश्चिततालाई ल्याएर कोभिड १९ ले हाम्रो जीवनमाथि खेलबाड गरिरहेछ । प्रविधिको विकास भएकाले त्यसलाई विफल पार्न खोपलगायत विविध उपायहरू विकसित गरिएका छन् तर पनि त्यसको भेलले विश्वका कतिपय समाजमा आतङ्क जमाइरहेछ ।
सृष्टिको बहुतै गरिब प्राणी मान्छे हो । ऊ ढल्केर हेर्दा देख्छ– आफ्नै शरीरमा लगाएको विचारको कपडा च्यातिएको छ । ऊ त्यसलाई सिएर हिँड्दा देख्छ– त्यो त अर्कोतिर च्यातिएको छ । जब त्यो सिइन्छ तब पहिलाको पनि उध्रिसकेको हुन्छ । एवम् क्रमले सिउँदा र उध्रँदा ऊ आफूलाई नाङ्गो पाउँछ र बल्ल थाह पाउँछ –आफूमाथि त्रिरत्नको तीखो त्रिशूलको प्रहार ! किन्तु ऊ हार मान्न चाहँदैन र भन्छ, मेरो विचारको कपडा सद्दे छ । हाय बाँच्नका लागि उसलाई यस्तो आइडोलजीको जरुरत प¥यो !
त्रिरत्नको प्रहार सधैँ हुँदै आएको छ तापनि प्रविधिकोे सहयोग पाएर अनौठो रूपमा यो खतरनाक प्रतीत हुँदो छ । आज यसले नयाँ पुस्तालाई तारो बनाएको छ । यो त्यस्तो पुस्ता हो जो सूचना उद्योगका विकसित औजारबिना बाँच्न सक्तैन । पानीबिनाको माछाझैँ ती औजार नपाउँदा आजको सन्तान रन्थनिन्छ र मर्दछ । हिजोआज मोबाइलले बालकलाई बाबु, आमा, साथी– सबको काम दिन्छ । त्यो भएपछि उसलाई निद्राले दुःख दिँदैन, भोकले सताउँदैन । उसका निम्ति दिन रात भइदिन्छ, रात दिन ।
प्रविधिको उच्च विकास हुँदै जाँदा ऐसआरामका र स्वास्थ्य तथा शिक्षाका भवन, होटेल, पार्क, अस्पताल, शिक्षण संस्थाहरू त बने तर मान्छेलाई नभई नहुने तìव जुन निश्चितता हो त्यो प्राप्त भएन । सूचना उद्योगले उसलाई आफ्नो नायक होइन, दास बनाइदियो । ऊ अब मनुष्यको रूपमा नरहेर साइबर्ग (साइबोर्ग) मनुष्यमा परिणत भएको छ– मनुष्य र मेसिनको मिश्रण ! ऊ आफूलाई निर्जीव हो कि सजीव हो छुट्याउन सक्तैन । जब महाव्याधिले उसको आयआर्जनको उपाय समाप्त हुन्छ तब ऊ थाह पाउँछ कि कम्प्युटरले उसलाई बचाउन सक्तैन । उसको हातबाट मोबाइल खस्छ । उसका औँला मेसिनका चिह्न थिच्न सक्तैनन् । ऊ ल्यापटपलाई धिक्कार्छ, ट्याब फालिदिन्छ ।
कम्प्युटरमा बस्दा ऊ निरन्तर आकस्मिकता र अनिश्चितताले घेरिएको हुन्छ । ऊ निर्णय गर्न सक्तैन– के गर्ने ?
केटी साथी मिली । दुई हप्ता जीवन रमाइलोसित बित्यो । कुमारी हुँ भन्थी । बिहे गर्ने वाचा गरी । पछि दुई केटा साथीले धोका दिएकाले म अनिश्चयमा रन्थनिँदै थिएँ, तिम्रो सहारा पाएर साहस बढ्यो भनी । फेसबुक हेरेँ– उसलाई विदेश लैजाने केटा साथी मिल्यो रे ! ऊ उतै लागी । म आकस्मिकता र अनिश्चयको गर्तमा फसेँ । के गरूँ ? निर्णय गर्न सकिनँ । मनमा वाक्यका छालहरू उर्ले । एउटा वाक्यले भन्यो– कि सर्नू कि तर्नू । फेरि उल्टाएर भन्यो – कि तर्नू कि सर्नू । वाक्यहरू स्वप्निल हुन्छन् क्यार जसलाई अथ्र्याउन गाह्रो छ । अनिर्णयात्मकतामा म पुगेँ ।
भिडियोमा उसलाई केटासित जोडिएर बसेको देखेँ । भिडियोले मान्छेलाई उतार्छ नै भन्ने के ठेगान छ र ? ऊ केटाहरूलाई, केटाहरू उसलाई फकाउने वाक्य बोल्छन् । फकाउनु र फसाउनुमा निकटता छ । वाक्यहरू मदिरासेवीजस्तै भएर कहिले कहिले धङ्धङीमा चल्न रुचाउँछन् । पछिका संस्करणहरू मूलको विनिर्माण गर्दै अझै तीव्र, अझै आकर्षक, अझै विचित्र भएर भिडियोका विम्बहरूमा अनिश्चय, आकस्मिकता र अनिर्णयका बीजहरू छर्दछन् ।
मान्छे मानुषबाट अपमानुषमा परिणत भयो, प्रविधिको अद्भुत रचना रोबोट ! आफ्नो गरिमामय स्थानबाट विस्थापित हुनुपर्दा उसलाई गर्जने ठाउँ रहेन । ऊ अब यो भन्न सक्तैन कि सृष्टिको ऊ अब्बल प्राणी हो । ऊ अब्बल थियो पहिला– अब निर्बलमा झ¥यो । रोबोट गुरु भयो, ऊ चेलो । अहह कस्तो विपर्यास ! रोबोट बनायो मान्छेले, विज्ञ मान्छेले उसलाई मस्तिष्क दियो, ज्ञान दियो, स्मृति दियो, सङ्केत र सूचनाहरू उपलब्ध गराउने क्षमता दियो, दुर्भाग्य, ऊ आफैँ शिक्षक भयो र आफ्नै गुरुलाई गिज्याउन थाल्यो । पशुभन्दा मान्छे, मान्छेभन्दा कम्प्युटर श्रेष्ठ तहमा आसीन भए । मान्छेले बुझ्यो– उसको अस्तित्व अस्थिर रहेछ, अनिश्चित रहेछ । उसको निर्णयशास्त्रले उसलाई के बुझाउन सक्तैन भने के ऊ खस्कँदै खस्कँदै एक दिन बिलाउनेछ अथवा उसको पुनरोदय हुनेछ । कम्प्युटर पद्धतिमा क्रमबद्ध विकासजस्तो देखिए पनि त्यहाँ आकस्मिकताका फड्काहरूले नियमितताको विनिर्माण गर्छन् ।
ज्योतिर्विज्ञानमा धर्तीकेन्द्रिकता तोडिएर सौरकेन्द्रिकता स्थापित भएझैँ समाजशास्त्रमा मानवकेन्द्रिकता तोडिएर कम्प्युटरकेन्द्रिकता, रोबोटकेन्द्रिकता स्थापित हुनगयो । मान्छेको मृत्यु भयो । दर्शनबाट मान्छे विस्थापित भयो । उसलाई चलाउने अनिश्चितता, आकस्मिकता, अनिर्णयजस्ता खलपात्रहरूले सृष्टिको मुहान खोल्ने र बन्द गर्ने भए । तिनीहरूकै हातमा ब्रह्माण्डको अस्तित्व निर्भर छ भने तिनीहरूलाई रत्न भन्न म किन हिच्किचाऊँ ?
नित्से र अरविन्दले अतिमानवको सपना देखेका थिए जब कि त्यो अपमानवमा खस्कियो र सम्पूर्ण मानवीय गुणबाट च्यूत भयो । नित्सेली अतिमानवले हिटलरलाई जन्म दियो भने अरविन्दीय आदर्श, अतिमानवको जन्म हुने सङ्केत अझै पाइएको छैन । के मानवताका सुगुणहरूको जरुरत अब नपर्ला ? प्रविधिको प्रभुत्व जाग्नाले गुणवान् मान्छे पाखा लाग्यो, दक्ष मान्छेको आवश्यकता बढ्यो । दक्ष मान्छे त्यो हो जो आफूलाई लगाउने मालिकका लागि अधिकबाट अधिकतर, अधिकतरबाट अधिकतम फाइदा उठाइदिन सक्छ । पुँजी, व्यापार र आम्दानीमा नाफा बढाइदिन जान्ने जो कर्मचारी छ उसैलाई संस्थानका, निगमका आवश्यकताले तान्दछ, ज्ञानी र गुणीहरूलाई पन्छाइदिन्छ । यस्तो अवस्थामा दर्शनका त्रितìवहरूको खेलबोध हुन आउँछ । कम्प्युटरमा बसेर दक्षले गरेको अड्कल सधैँ सही भइरहन्छ भन्ने हुँदैन । चल्न नसकेर थला परेका संस्थानहरूका खबर हामी पढ्दै आएका छौँ ।
जब विपत्ति आइलाग्छ तब कार्यकारण भावको खोज त हुन्छ तर विपत्तिमा फसिसकेपछि खोजबाट सिकेर के कति गर्न सकिन्छ, त्यो बेग्लै पाटो हो । राष्ट्र नै आकस्मिकता, अनिश्चितता र अनिर्णयमा फसेर विपत्तिले ग्रस्त हुन्छ भन्ने कुरा दक्षिण एसियाकै श्रीलङ्काजस्तो विकसित देशले जनाइरहेछ । कैयौँ चिन्तकहरू दर्शनशास्त्रको वर्तमानमा जरुरत छैन भन्ने गर्छन् । दर्शनका ती तीन तìवको पहिल्यै राम्ररी मनन गर्नसकेको भए श्रीलङ्काको दुरवस्था नहुँदो हो । वि.सं. २०७८ को अन्त्यतिरदेखि श्रीलङ्काको छटपटी बढ्दै गइरहेछ । दर्शन शास्त्र सबै शास्त्रको आमा हो, बाबु हो । हरएक शास्त्रले दर्शनको सहयोग लिनबाट पन्छनु आपैmँलाई घाटामा पु¥याउनु हो । प्रविधिले धनी राष्ट्रहरूलाई हतियारको उत्पादन र परीक्षणमा उक्साएको छ । तिनीहरू अरूलाई ठूला हतियार बनाउन रोक लगाउँछन् जब कि आफू भने निरस्त्रीकरणको राग अलाप्दै भित्र भित्र हतियारको भण्डार बढाइरहेछन् । दुनिया अनिश्चय, आकस्मिकता र अनिर्णयको वेदना खप्न बाध्य भएको छ ।
अफगानिस्तान, इराक, सिरिया, यमन आदि देशमा चलिरहेका आतङ्कवादका कथा सुन्दा हाम्रो आङ सिरिङ्ग हुन्छ । तालिवान र गठबन्धन सेनाका बीच बीस वर्ष युद्ध चलिरह्यो । अहिले तालिवानको हातमा सत्ता पुगे पनि त्यहाँ आतङ्कवाद निमिट्यान्न हुनसकेको छैन । यमनमा हुती विद्रोहीको आतङ्क चलिरहेछ । इरान र साउदी अरेबिया आआफ्नै पक्षलाई मद्दत गरिरहेछन् । सिरियाली सत्तालाई रुसी र चीनी सहयोग मिलिरहेछ । इराकमा अमेरिकाली दबदबा भए पनि अरू राष्ट्रहरूले त्यहाँका विभिन्न शक्तिलाई उचालिरहेछन् । कल्पना गरौँ, त्यहाँका मान्छेको दैनिकी कसरी बित्दो हो !
एक देशमा चलिरहेका युद्ध र आतङ्कले विश्वका अरू देश पनि हल्लन्छन् । हामी नेपाली विभिन्न समस्यामा जेलिँदै अनिश्चय, अनिर्णय र आकस्मिकताको जिन्दगी बाँचिरहेछौँ यद्यपि यो शान्तिपूर्ण देशमा अहिले आतङ्कवाद छैन । भूमण्डलीय सूत्रले बाँधिएका हामी विश्वव्यापी कष्ट, अनिश्चय र अनिर्णयहरूबाट मुक्त छैनौँ । अनिर्णय, अनिश्चितता र आकस्मिकताका परिणाम हुन्– दुःख, कष्ट, झगडा, उदासी, बेचैनी, अभाव, गरिबी, भोक, रोग, विक्षिप्तता, रुवाइ, चीत्कार, पक्षघात, शिरोघात आत्महत्या, हत्या तथा मृत्यु । हालै युक्रेनमा रुसी हमलाका कारण २०७८ फागुन १२ देखि संसारले मान्छेका दम्भबाट उत्पन्न अकल्पनीय नरसंहार देख्यो । युक्रेनीहरूको आँसु र दुर्दशा देख्दा कसको मन ठेगानामा रहला ? युद्ध कति लम्बिने हो– भन्न सकिँदैन । ५० दिनसम्म युद्धले ५० लाखै मान्छे विस्थापित गरिसक्यो । लाखौँलाख बालबालिकाहरूको अपहरण भएको छ । भाग्न नसक्ने बूढाबूढी र रोगी तथा अपाङ्कहरू मात्र त्यहाँ छन् । रुसको पनि कम क्षति भएको छैन । आफ्ना हजारौँ सैनिकलाई मराएर रुसले के पाउला ?
युक्रेनी बालबालिकाहरूमाथि, महिलाहरूमाथि रुसी सिपाहीहरूद्वारा गरिएका बलात्कारका खबर आइरहेका छन् । ठूलो शक्तिराष्ट्रका विरुद्ध सानो देश युक्रेन ५० दिनसम्म लडिरहेछ, आत्मसमर्पण गर्न तयार छैन । संसारका साना देशका लागि यो एउटा ठूलो शिक्षा हो ।
दर्शन कार्यकारणवादको वैज्ञानिक पद्धतिलाई त्याग्न सक्तैन । अतिप्राकृतिकतावादको अनुसरण गर्दै धर्मले त्यसलाई पन्छाउने हुँदा तर्काश्रित मानवीय बुद्धिको विश्वसनीयताबाट त्यो वञ्चित हुन्छ । धर्मको आडमा दर्शनले पनि प्राकृतिक हेतुवादको उल्लङ्घन गर्दै आएको छ तापनि त्यसबाट पन्छेर ऊ आफ्नो कार्यक्षेत्रलाई पत्यारबाट विमुख बनाउन चाहँदैन । प्राच्य न्यायवैशेषिक दर्शन तर्कनिष्ठ हेतुवादी दर्शन हो तर छैटौँ शतक इ.का उद्योतकरले त्यहाँ ईश्वर घुसाइदिए जसलाई उदयनले दृढ बनाउन प्रयत्न गरे किन्तु सहज हेतुवादले ईश्वरलाई स्थापित गर्न सक्तैन ।
वैज्ञानिक क्षेत्रमा आधुनिक अनुसन्धान बढ्दै जाँदा परमाणुगत सूक्ष्म तहमा कार्यकारणवादको नियम खण्डित भएको देखियो र आकस्मिकता प्रश्रयित भएको पनि पाइयो । निष्कर्ष अनिश्चित वा अनिश्चय सिद्धान्त मुखर हुनआयो ।
अनिश्चय सिद्धान्त सम्पूर्ण विश्वमा प्रयुक्त हुन्छ कि सूक्ष्म पारमाणविक तहमा मात्र भन्ने अनिर्णीत छ । कोही विश्वभर त्यसको प्रभाव पर्ने मान्छन् त कोही परमाणुको सूक्ष्म तहमा मात्र त्यसलाई सीमित गर्छन् । मसिनो जगत्मा मात्र त्यसलाई खुम्च्याउने हो भने समग्र सृष्टिमा, हाम्रो जीवनमा किन अनिश्चयहरूका झट्का उठिरहन्छन् ? सृष्टिको पिँधबाटै, पानीको मूल फुटेझैँ, अनिश्चय, आकस्मिकता र अनिर्णयका तìवहरू मान्छेको बुद्धिलाई ललकार्दै विनिर्माणका लहरामा जगमगाइरहेछन् ।
त्रिमूर्ति र त्रिरत्न उल्टँदा विनिर्माण प्रोत्साहित भएर दुस्तरताले अनिर्णायकतामा पु¥याइदिन्छ । उल्ट्याउने तर दुस्तरतासम्म नजाने हो भने त्रिरत्नले त्रिमूर्तिलाई पथप्रदर्शन गर्दछ । त्रिरत्नको निर्देशनलाई पछ्याएर ब्रह्मा सृष्टि गर्छन्, त्यही निर्देशनअनुसार विष्णु पालन गर्छन्, रुद्र संहार गर्छन् । अहिले त्रिमूर्तिहरू धर्ममा मात्र खुम्चे । धन्न, धर्मले उनीहरूको अस्तित्वलाई जोगाइदिएको छ ।
प्रतीकात्मक व्याख्यामा त उनीहरूको महत् जीवन्तता नै रहेन । ब्रह्मा हामीमै निहित सिर्जनात्मक चाहनाको प्रतिनिधित्व गर्छन् । हामी आफूलाई जोगाउन, बचाउन, पालन गर्न चाहन्छौंँ, पालनकर्ता विष्णु त्यस्तै इच्छाका प्रतीक हुन् । हामी मरेर जान्छौँ, संहारकर्ता महेश्वरमा त्यही अर्थ छिपेको छ । बाह्य सृष्टिमा पनि अर्थत्रयको यही अभिप्राय निहित छ ।