• ९ मंसिर २०८१, आइतबार

गीत

blog

बिलौना गर्ने, आँसु झार्ने मेरै भाग हुन्छ 

सुकिलो रुमालभर छिनमा दागैदाग हुन्छ 


झन् आँसु बग्छ सम्हालिन खोज्छु जति

कठै ! आँखाहरू चुहिरहनु बन्यो नियति 

रुनेको अक्सर यहाँ एकान्तै माग हुन्छ 

बिलौना गर्ने, आँसु झार्ने मेरै भाग हुन्छ 


मेरो समय रुझेको मुहार छोएर सकिन्छ 

लाग्छ शरीरको पूरै पानी रोएर सकिन्छ 

मनमा चोट लाग्दा नयनकै त्याग हुन्छ

बिलौना गर्ने, आँसु झार्ने मेरै भाग हुन्छ । 


झापा