नेपालका तराई, पहाड र हिमालमा पाइने हरेक जातिका वनस्पतिमा कुनै न कुनै रोगको प्रतिरोध गर्न सक्ने औषधीय गुण हुन्छ । यस्ता लाखौँ प्राकृतिक स्रोतको उर्वर भूमि यहाँको भूखण्ड दक्षिण मोहडातर्फ ढल्किएको छ ।
भीरकोट नगरपालिका–४, छ्याङ्छाङ्दीमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशको आयोजनामा शुक्रबारबाट नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ सुरु भएको छ । प्रदर्शनीका प्रमुख अतिथि बागमती प्रदेशका माननीय संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गर्नुभयो । उहाँले कला, संस्कृति कहिल्यै नमर्ने बताउँदै नेपालको पहिचान दिलाउन र अर्थतन्त्रमा कलाकारले गरेको योगदानको प्रशंसा गर्नुभयो ।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्नु हुने छ । ग्रिन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ को ताज पहि¥याउँदै उक्त प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो । सेजललाई गत वर्षकी (मिस इको इन्टरनेसनल नेपाल २०२५) विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेसनल २०२६’ को ताज पहि¥याउनुभएको थियो । उक्त ताज प्राप्त गरेपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पश्चिम सल्यानस्थित भेरी नदीमा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता युवतीको खोजीमा गएका अर्का एक व्यक्ति पनि नदीमा डुबेका थिए भने उनको उद्धार गरिएको छ ।
कवि तारा खत्री रोकायाको कविता कृति ‘जितको उज्यालो’ को विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, निबन्धकार युवराज नयाँघरे, कृतिकार तारा खत्री, बम बानियाँलगायतले कृतिको विमोचन गर्नुभएको हो ।
गायक दीपक वज्राचार्य र उनको रिदम ब्यान्डले नयाँ प्रस्तुति ‘श्वेत र काल’ सार्वजनिक गरेका छन् । यसअघि लाखे, झाँक्री, पुलुकिसी, कुमारी जस्ता सांस्कृतिक बाजासहितको नृत्य प्रदर्शनमार्फत नेपाली संस्कृति र पहिचानलाई सम्मानपूर्वक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउँदै आएका उनीहरूले यस पटक पूर्ण रूपमा फरक, नयाँ र सिर्जनात्मक अवधारणा प्रस्तुत गरेका हुन् ।
भाषा आयोगले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषाको संरक्षणमा योगदान पु¥याउनुभएका बमकुमारी बुढामगर, नेपाल भाषा मंका खलः र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
कैलालीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ वनदेवी नजिक शुक्रबार साँझ सुपप्र ०१००९ प ७५८१ र सुपप्र ०१००१ प ३१८७ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा नेपाल निर्माण गर्न पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि सारेका छन् । निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले सार्वजनिक गरेका घोषणापत्रमा पाँच वर्षभित्र पर्यटक आगमन र प्रतिव्यक्ति खर्चलाई दोब्बर बनाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत पुर्याउने, हवाईसेवा विस्तार, आन्तरिक हवाईसेवा सहज र सुरक्षित, सबै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनेलगायतका महìवाकाङ्क्षी लक्ष्य राखेका छन् ।
नेपाल राष्ट्र बङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २८ पैसा र बिक्रीदर १४५ रुपियाँ ८८ पैसा तोकिएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–४ मा डाँफे जल उद्योगले उत्पादन गर्ने खानेपानीको गुणस्तरमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगले पुराना, कुच्चिएका र थोत्रा जार पानी भरेर बजार पठाउने गरेको अनुगमनमा पाइएको हो । विभागका अनुसार उपभोक्ताको धेरै गुनासो आएपछि उक्त उद्योगको अनुगमन गरेको जनाएको छ । फोहोर जारमा पानी बिक्रीवितरण गरेको भन्ने उजुरी र गुनासोको सम्बोधन गर्ने क्रममा विभागले सो उद्योगमा अनुगमन गरेको जनाएको छ ।
मुलुक निर्वाचनमा गएको बेला वैदेशिक व्यापार भने बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा आयातनिर्यात दुवै बढेको हो ।
नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछि मुलुकमा देखिएका विभिन्न आशङ्का र अन्योललाई चिर्दै सरकार निर्वाचनको वातावरण सफल बनाउन लागि परेको बताउनुभएको छ ।