जनता समाजवादी पार्टी नेपाल (जसपा) धनकुटाका उम्मेदवार आइतराज लिम्बुले आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ। धनकुटामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजनाहरू समावेश गरिएको घोषणा पत्र प्रस्तुत गर्नुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनीधि सभाका सदस्य लागि भइरहेको निर्वाचनमा मुक्त कम्लरीहरुले आफुहरुको एजेण्डालाई घोषणा पत्रमा समावेश गर्न आग्रह गरेका छन् ।
सुख्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार फागुन ७ देखि ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन्, जसमा अधिकांश आगलागीका घटना हुन्।
प्रतिनिधि सभा निर्वाचनका लागि १२ दिन बाँकी रहँदा रौतहट क्षेत्र नं. ४ मा चुनावी गतिविधि तीव्र बनेको छ ।
टीकापुर नगरपालिकाको कार्यवाहक नगरप्रमुखमा रामबहादुर नगार्जी चयन हुनभएको छ । शनिबार बसेको कार्यपालिका बैठकका बहुमत सदस्यले नगार्जीलाई कार्यवाहक प्रमुख चयन गरेको हो ।
भैरव शब्दको अर्थ भयानक, डरलाग्दो भन्ने बुझिन्छ । भैरवसँग काल पनि डराउँछ, त्यसैले काल भैरव भनियो भनिन्छ । भैरव हेर्दा डरलाग्दो, भयानक अनुहार, डर, त्रासको रक्षा र न्यायका देवता मानिन्छ । विशेष गरी भैरवको मुकुण्डो कालो र गाढा निलो बढी देखिन्छ । रातो, सेतो, पहेँलो र फिक्का निलो आकासे रङको प्रयोगमा पनि देखिन्छन् । खास गरी भैरवको मूर्तिमा कानदेखि गला
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।
तल, निकै तल चर्को सुस्साहटसाथ हतार गर्दै कुदिरहे झैँ लाग्थ्यो कर्णाली नदी । त्यही कर्णालीको भिर समातेर बसेको थियो– जोगमानको घर । भिर समातेर बसेको भए पनि पीर समालेर कर्णालीमा सेलाउन कहिल्यै सकेको थिएन त्यो मक्किएको घरले । घरको थोत्रो भित्तामा लेखिएको थियो, “नौलो जनवादी क्रान्ति जिन्दा
राधा क्यान्सर सचेतना फाउन्डेसनले स्थापना गरेको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ गोरखापत्रकर्मी सरोज ढुङ्गेललाई प्रदान गरिएको छ ।
अल्छे, घामको पहेँलो सिक्का प्रकृतिको मृत्युघन्टी छामिरहेको छ वायुमण्डलको ओजोन तहको ज्वरो थर्मोमिटरमा नापिरहेको छ
बाजुराका नौ वटै स्थानीय तहका विभिन्न गाउँबस्तीमा यतिबेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले गाउँ–टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
मेरा परेलाहरूबाट आँसुको नदी बगिरहँदा मैले सोचेथेँ– यो दीर्घप्रेमको नमुना हो
‘यात्रा भनेको गन्तव्यमा पुग्ने कुरा मात्र होइन, बाटोमा सिकिने अनेकौँ पाठको सँगालो पनि हो ।’ कैलाश मानसरोवर यात्रालाई यही एउटा वाक्यले ‘कैलाश कोरा’ पुस्तकको जन्म दिएको छ । यात्रा अवधिमा सङ्कलन गरिने जानकारी र सिकिने ज्ञानलाई समेट्न सकिए एउटा पुस्तक लेख्न सकिन्छ । नेपालबाट सडकमार्ग हुँदै गरिने कैलाश मानसरोवर यात्रा रोमाञ्चक रहे पनि थोरै कष्टकर छ । एक दशकअगाडिसम्म निकै कष्टकर रहेको तिब्बती क्षेत्रको यात्रा ब्रह्मपुत्र नदीमा निर्मित पुल र व्यवस्थित सडकले थोरै सहज बनाएको छ । लेखक राजेन्द्रमान डङ्गोलले हृदय
मौसम चिसो थियो, गमगढीको सडक किनारमा केही ठाउँमा बरफ सिसा झैँ टल्किन्थ्यो । मुगुको आकाशमा माघ १ गते बिहान हलुका बादलसँगै सूर्यका किरण देखा परेका थिए । रारा घुम्न जाने योजना अघिल्लो दिन नै बनिसकेको र कार्यालय बिदाको मौकामा घुम्ने योजनामा खासै असर गरेन जाडोले । काठमाडौँबाट आएका पदमराज जोशी, नगेन्द्रप्रसाद भट्ट र गोकर्णप्रकाश भट्टसँगै म प
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँसडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।