दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल केवल एउटा देशको नाम मात्र होइन, यो प्रकृति, संस्कृति, इतिहास र सभ्यताको जीवन्त सङ्ग्रहालय हो । संसारको नक्सामा सानो देखिने नेपाल, वास्तविक अर्थमा हेर्दा विशाल विविधता र गहिरो पहिचान बोकेको मुलुक हो । पूर्वदेखि पश्चिमको किनारासम्म उत्तरमा अटल हिमाल उभिएका छन्, बिचमा हरिया पहाड एवं उपत्यका बसेका छन् । दक्षिणमा उर्वर तराई भूमि फराकिलो बनेर फैलिएको छ । यति सानो भूभागमा यस्तो भौगोलिक विविधता सायदै अन्यत्र पाइन्छ । भौगोलिक विविधता मात्र हैन यसैसँग जोडिएर देखापर्ने अनुपम प्राकृतिक, सामाजि
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा महोत्तरीमा मतदानस्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण मानिँदै आएको यस जिल्लामा सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
शरद ऋतुको पारिलो घाम लागिरहेछ । पोर्तुगलको उत्तरी क्षेत्रमा रहेको भियना दी कास्तेलो जिल्लाको एउटा सानो सहर पोन्त दी लिमामा उभिएको छु । नजिकै पवित्र र स्वच्छ लिमा नदी एटलान्टिक महासागरलाई भेट्न बगिरहेकी छन् । नदीमाथि हालिएको मध्यकालीन पुल इतिहासको साक्षी बनेर उभिरहेको छ । यो सानो सहरमा पाइलैपिच्छे जस्तो ऐतिहासिक धरोहरको दर्शन गर्ने अवसर पाएँ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सुर्खेतमा विभिन्न दलका उम्मेदवारले केन्द्रीय नेतृत्वलाई लिएर प्रचारप्रसार अभियान थालेका छन् । मुख्य गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय नेता तथा स्थानीय तह, प्रदेश सभा सदस्य तथा निवर्तमान सांसदलाई साथमा लिएर मतदातासँग घरैदैलो, कोणसभा गर्दै मत मागेका छन् ।
नेकपा (एमाले) का उपमहासचिव तथा कैलालीको क्षेत्र नं. ४ का उम्मेदवार पूर्वमन्त्री लेखराज भट्टले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । अत्तरियास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले राष्ट्रिय गौरवका पुराना योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुमपश्चिममा मतदान केन्द्रको अनुगमन तीव्र पारिएको छ । निर्वाचनका लागि तोकिएका मतदान केन्द्र तथा स्थलमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालय, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै शुक्रबार प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सुशासनका प्राथमिक एजेन्डा अघि सार्नुभएको हो ।
निर्वाचनका लागि व्यवस्थित मतदान केन्द्रमा सुरक्षाकर्मी तयारी अवस्थामा छन् । मतदाता मताधिकार प्रयोग गर्न लाइनमा उभिएका छन् । महिला, पुरुष र अशक्त मतदाताका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।
महेन्द्र पुस्तकालय नेपालगन्जले बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारबिच चुनावी बहस गरेको छ । बहसमा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नं. २ को विकासका लागि भौतिक पूर्वाधार, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाँके क्षेत्र नम्बर २ लाई आर्थिक रूपमा सबल बनाउने, युवालाई स्वदेशमै रोजगारी दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने मेरो एजेन्डा हो ।”
सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिकाका पूर्व नगरप्रमुख अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई पूर्ण रुपमा आचारसंहिता पालना गर्न अनुरोध गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नं. ३ मा ८२० जना कर्मचारी खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं. ३ कटहरियाका अनुसार मतदान के
फागुन ३ गतेबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्ने कार्यले तीव्रता पाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर हुन सक्ने मत कम गर्न खटिएका स्वयंसेवकहरूले मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छन् ।
निर्वाचनको दिन नजिकिँदै गर्दा झापाका सहर बजारमा चुनावी सरगर्मी बढेसँगै भक्काको व्यापार पनि बढेको छ । बिहान सबेरैदेखि सडकछेउ, खुला आकाशमुनि भक्का पकाउने र बेच्ने महिलाको भिड लाग्ने गर्छ ।