काठमाडौँ, फागुन ९ गते । नेपाल राष्ट्र बङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २८ पैसा र बिक्रीदर १४५ रुपियाँ ८८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ९२ पैसा र बिक्रीदर १७१ रुपियाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ७४ पैसा र बिक्रीदर १९६ रुपियाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ १९ पैसा र बिक्रीदर १८७ रुपियाँ ९७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ४५ पैसा र बिक्रीदर १०२ रुपियाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ १६ पैसा र बिक्रीदर १०६ रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ५० पैसा र बिक्रीदर ११४ रुपियाँ ९७ पैसा तोकिएको छ ।
जापानी येन १०को खरिददर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ०३ पैसा र बिक्रीदर २१ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७३ पैसा र बिक्रीदर ३८ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८८ पैसा र बिक्रीदर ४० रुपियाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०२ पैसा र बिक्रीदर १६ रुपियाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८८ पैसा र बिक्रीदर २२ रुपियाँ ९७ पैसा तोकिएको छ ।
राष्ट्र बङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५९ पैसा र बिक्रीदर १८ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपियाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपियाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७८ रुपियाँ ९३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस