• ९ फागुन २०८२, शनिबार

‘जितको उज्यालो’ विमोचित

blog

काठमाडौँ, फागुन ९ गते । कवि तारा खत्री रोकायाको कविता कृति ‘जितको उज्यालो’ को विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, निबन्धकार युवराज नयाँघरे, कृतिकार तारा खत्री, बम बानियाँलगायतले कृतिको विमोचन गर्नुभएको हो । 

कुलपति राईले कविताको सिर्जनात्मक गति सधैँ उच्च हुने हुनाले कवि तारालाई सचेत भएर काव्यकर्ममा लाग्न सुझाव दिनुभयो । कृतिबारे आफ्नो समीक्षात्मक विचार राख्दै निबन्धकार नयाँघरेले कविले स्वतन्त्र विचारसहितका यी कविताले समकालीन नेपाली समाजको चिरफार गरेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, सन्ध्या पहाडीलगायतले कवि ताराको समग्र साहित्यिक योगदानमाथि चर्चा गर्नुभएको थियो ।