शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, फागुन ९ गते । भीरकोट नगरपालिका–४, छ्याङ्छाङ्दीमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको विशेष अप्रेसन टोलीले चेकजाँचका क्रममा तीन ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वालिङबाट भीरकोटतर्फ आउँदै गरेको ग. २३ प. ४०४२ नम्बरको स्कुटर रोकी जाँच गरिएको थियो ।
चेकजाँचका क्रममा स्कुटरमा सवार वालिङ नगरपालिका–८ बस्ने ३६ वर्षीय रोशन परियार र ३४ वर्षीय पुकार लोहनीको साथबाट ब्राउन सुगर फेला पारेको हो ।
ब्राउन सुगर र स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । दुबै जनालाई लागु औषधसम्बन्धी कसूरमा मुद्दा दर्ता आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको चौधारीले बताउनुभयो ।