दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जानकारी लिनुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँहरूले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गर्नुभएको हो ।
साहित्यकार डा. रमेश शुभेच्छु मकवानपुरमा सम्मानित हुनुभएको छ । मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले साहित्यकार डा. शुभेच्छुलाई ‘होमनाथ–टिकामाया प्रतिभा सम्मान’ बाट सम्मानित गरेको हो ।
साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्येश्यका साथ नेपालगन्जमा ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ ।
टेक्नोलोजी सुरक्षा र आपूर्ति शृङ्खलालाई सुदृढ पार्ने उद्देश्यले भारत शुक्रबार अमेरिकी नेतृत्वको रणनीतिक पहल, प्याक्स सिलिका, मा प्रवेश गरेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ ।
बहुवर्षीय स्रोत सुनिश्चितता नभएको कारणले निर्माण प्रक्रिया रोकिएको जब्दीघाट पुल अहिले सम्पूर्ण राजनीतिदलका उम्मेदवारहरू चुनावी एजेण्डा बन्न पुगेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उदघाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गर्नु भएको छ ।
ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ ।
आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालका समन्वय समिति सदस्य जयप्रकाश ठाकुरले पार्टी परित्याग गर्नुभएको छ ।
रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकले पार्टीभन्दा पनि देशप्रति निष्ठा देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार चार सय कर्मचारी खटाइने भएको छ ।