आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले १० बुँदे सङ्कल्प सार्वजनिक गर्नुभएको छ ।
निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोग नेपाल र नेपाल कानुन समाजको आयोजनामा विराटनगरमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ बनाउन सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
बेला बेलामा नेपालगन्जस्थित भेरी अस्पतालमा अभाव हुँदै आएको रेबिजविरुद्धको ‘एन्टी–रेबिज भ्याक्सिन’ को फेरी एक अभाव भएको छ ।
आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर कांग्रेस, एमाले, नेकपा, रास्वपासहित सबै दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक एजेन्डाले प्रमुख प्राथमिकता पाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गर्नुभएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेद र बहिस्करण अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रवार राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सामाजिक न्यायको सिद्धान्तका आधारमा सबै वर्ग र समुदायलाई राज्य संरचनामा सहभागि गराउन अझै मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।
प्यालेस्टिनी इस्लामवादी आन्दोलन हमासले गाजाको भविष्यबारेको राजनीतिक प्रक्रिया इजरायली ‘आक्रमण’ पूर्णरूपमा रोकिएपछि मात्र सुरु हुनुपर्ने बताएको छ ।
दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सहमति जनाएको प्रस्तावित अदालतको फैसलामा उल्लेख गरिएको छ ।
सत्तारूढ एलडिपीले दुई तिहाइ बहुमतसहितको जित हात पारेपछि प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्मा प्रस्तुत नीतिगत सम्बोधनमार्फत जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
काठमाडौँ उपत्यकाको वायुप्रदूषण घटिरहेको छ। आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ।
धनकुटामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ ।