गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले गलकोट नगरपालिका–११, रिघाको सहरी स्वास्थ्य केन्द्रलाई व्यक्तिगत खर्चमा कम्प्युटर र प्रिन्टर प्रदान गर्नुभएको छ ।
हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो।
गुल्मीमा पहिलो पटक कफीको जातीय परीक्षण गरिएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिद्वारा ३८ जातमा कफीको जातीय परीक्षण गरेको हो।
ताप्लेजुङमा आइतबार यसवर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यसवर्ष हालसम्मकै उच्च मूल्य हो ।
बहराइनमा जारी तेस्रो एसियाली युथ गेम्समा भाग लिन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ ।
ढाकास्थित इन्डोर हालमा आइतबार भएको खेलमा अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपालको सम्भावना सकिएको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनपछि मन्दिर परिसरमा रहेको च्याब्रुङपार्कबाट हिमालको दृश्य अवलोकन गर्दै तीर्थयात्री ।
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्ध सहज जित निकालेको छ ।
छठ पर्वमा प्रसादको रूपमा प्रयोग हुने तरकारीजन्य उत्पादनहरूको मूल्य तेब्बरले वृद्धि भएको छ।
छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदीतटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठपूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गर्नुभएको हो ।
जिल्लाको तिरहुँत गाउँपालिका-३, पिप्राहीका सदा (मुसहर) मुसहर समुदायका महिलाहरू साक्षर बन्न उत्साहित छन् । स्थानीय महिलाहरू समय निकालेर स–साना छोराछोरी सहित घुम्टो ओढेर पढ्न लेख्नका लागि स्थानीय सामुदायिक सिकाइ केन्द्र जाने गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। मौजुदा मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको हो ।
तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् ।