अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित व्यापार तथा लगानी सम्मेलनमा सहभागी नेपाली मूलका उद्यमी व्यवसायीले लगानीमैत्री वातावरण र सहजीकरणका लागि सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा गत आवको पहिलो तीन महिनाको अनुपातमा कम बजेट खर्च भएको छ । बागमती प्रदेश सरकारले चालु आवका लागि विनियोजित कुल बजेटको ६.१९ प्रतिशत मात्र गत असोज मसान्तसम्ममा खर्च गरेको छ । गत आवको पहिलो तीन महिनामा प्रदेश सरकारले विनियोजित कुल बजेटको ६.८८ प्रतिशत खर्च गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।
घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको हो ।
नेपालले एकै महिनामा २५ अर्ब रुपियाँभन्दा बढीको वस्तु निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्याङ्क अनुसार असोजमा मात्रै नेपालले २५ अर्ब ४६ करोड रुपियाँको वस्तु निर्यात गरेको हो ।
उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रुपमा उपयोग गर्न व्रतालुलाई आग्रह गर्नुभएको छ ।
ताप्लेजुङमा आइतबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यस वर्षकै उच्च हो ।
व्यापारीले धानको मूल्य नदिएपछि बर्दियाका किसान सस्तोमा बेच्न बाध्य भएका छन् । सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा एक हजार रुपियाँ कम मूल्यमा किसानले धान बेच्न बाध्य छन् ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने भएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ ।
सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ । निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि अदालतले दुवै पक्षलाई कात्तिक १४ गते उपस्थित हुन आदेश गरेको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।