कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा ३८ जना महिलाले मतदान अधिकृतको कमाण्ड समाल्ने भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ ।
यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५,साङ्ता गाउँ जोड्ने सडकमै चिसोले करिब १२ फिट अग्लो चट्टान बनेको हिउँ पन्छाउन हम्मेहम्मे परेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएर निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण सुरु भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् ।
मनाङको नासोँ गाउँपालिका–५, थोँचेमा रहेको प्रकाशज्योति उमाविमा वातावरणीय अध्ययन तथा वैज्ञानिक अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।
तनहुँको आँबुखैरेनी गाँउपालिका–४, मर्स्याङ्दी जलविद्युत केन्द्रले आफ्नो उत्पादन क्षमता र संरचनाको दिगोपनका लागि ‘प्लान्ट सटडाउन’ लिएर व्यापक मर्मत सम्भार सुरु गरेको छ । फागुन २ गतेदेखि २१ दिनको लागि सुरु गरिएको केन्द्रले जनाएको छ ।
पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जसँग जोडिएका डुडुवालाई विकासको दृष्टिले पछाडि परेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लमजुङका दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रसहितका सबै निर्वाचन सामग्री महोत्तरी जिल्ला आइपुगेको छ।