जिल्लाका मगर समुदायले शुक्रबार ४४ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन्
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ ।
मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौता बिना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ ।
निर्वाचनलाई भयरहित बनाउन सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरी ७५ हजार ७८७, नेपाली सेना ७८ हजार ७२७ र निर्वाचन प्रहरी (म्यादी) एक लाख ४९ हजार ५० जना रहेका छन् ।
गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् ।
सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
जापानमा शाही उत्तराधिकारको भविष्यबारे बहस तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री साने ताकाइचीले पुरुष मात्रै सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्न स्पष्ट अडान लिनु भएको छ ।
वर्षौदेखि विदेशी पर्यटक र प्रयोग कर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको छ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २०८२ वैशाख ४ गतेबाट सुरु भएको ३२ औँ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ।
भारतको मुम्बईमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी लोकेश बम र शेर मल्ललाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नगदसहित सम्मान गरेको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आफैँलाई उम्मेदवार ठानेर आम नागरिकसँग मत माग्न आग्रह गर्नुभएको छ।
इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलमा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिमलेन्द्र निधिले संविधान तथा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको जित अपरिहार्य रहेको बताउनुभएको छ।