संवत् २०८२ साल फागुन २१ मा निर्वाचन गर्ने गरी मिति २०८२।५।२७ मा राष्ट्रपतिबाट निर्वाचनको मिति तोकिएको छ । सोही अनुरूप आयोगको मिति २०८२।६।२० को निर्णय अनुसार आन्तरिक कामकारबाहीका लागि निर्वाचन कार्यतालिका स्वीकृत
छठ पर्व नेपालका पहाड र मधेशीबिचको धार्मिक, सांस्कृतिक र भावनात्मक सम्बन्धको सेतु हो । सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने यो पर्वमा नदी, पोखरी र जलाशयमा स्नान गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ ।
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ ।
नेपाली कांग्रेसको समर्थनमा बनेको नेकपा (एमाले) नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली २३–२४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएसँगै सत्ताबाट बाहिरिएपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारको कार्यभार भनेकै आमनिर्वाचन गराउने हो । २७ भदौमा प्रधानमन्त्री नियुक्त कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा वि
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गर्नुभएको छ ।
मिथिलाञ्चलको महान सांस्कृतिक तथा धार्मिक पर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई भव्य रुपमा देशभर मनाइँदैछ । चार दिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिनलाई ‘सन्ध्या अर्घ्य’ को रुपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाउन लागिएको हो ।
‘दसैँ सोह्रे सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् दसैँको सोह्रौँ दिनमा लक्ष्मी पूजा हुन्छ, लक्ष्मी पूजाको छैटौँ दिनमा छठ पर्व हुन्छ । छठ पर्वको समापनसँगै चाडपर्वको समय सकिएको मानिन्छ, मिथिलामा । दसैँ सकिएसँगै लक्ष्मी पूजाको तयारी सुरु हुन्छ ।
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।
हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।
‘बेली चमेली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, विनोद ढकालको ¥याप तथा निशाद चन्द्राको सङ्गीत संयोजन रहेको छ । गीतको मिक्स–मास्टरिङ बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गर्नुभएको हो ।
साहित्यकार कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क सार्वजनिक गरिएको हो । सनातन धर्म सेवा समितिका अध्यक्ष माधवप्रसाद न्यौपाने, नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ सुनकोशी गाउँपालिकाका अध्यक्ष बच्चु कोइरालालगायतले पत्रिका सार्वजनिक गर्नुभएको हो । पिताजी कृष्णप्रसाद कोइरालाको तीन पुत्र मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएको
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
पर्यटकीय सिजनको सुरु भएसँगै इलामका पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरो पछि केही समय सुनसान भएका अन्तु र कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताउनुभएको छ ।
देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या छ करोड चार लाखभन्दा बढी पुगेको छ भने कर्जा खाता करिब २० लाखनजिक पुगेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनासम्म समीक्षा अवधिमा निक्षेप खाता छ करोड चार लाख ५३ हजार ५९३ रहेका छन् । सोही अवधिमा कर्जा खाता सङ्ख्या १९ लाख ९३ हजार २३४ रहेको छ ।