नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आफैँलाई उम्मेदवार ठानेर आम नागरिकसँग मत माग्न आग्रह गर्नुभएको छ।
इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलमा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिमलेन्द्र निधिले संविधान तथा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको जित अपरिहार्य रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ ।
सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपेर अवैध आयात र तस्करी तथा अन्य विभिन्न गैरकानुनी काम गर्नेहरु सक्रिय हुन थालेका छन् ।
बर्दियामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
भरतपुर महानगरपालिका –५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ। विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदैआएको यस फर्मले स्ट्रबेरी खेतीसँगै एग्रो–टुरिजम प्रवर्धनलाई प्राथमिकता दिँदैआएको छ ।
आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित पिसाङमा अवस्थित ग्रिनलेक (हरियो ताल) र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल ।
ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा मतदान अधिकृत निर्वाचन सामग्रीसहित प्रस्थान गरेका छन् । जिल्लाको हिमाली बस्ती याङ्गा, ओलाङचुङगोला, घुन्सा र ग्याब्ला मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी साथै सुरक्षाकर्मीसहितको टोली प्रस्थान गरेका हुन् ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मदिरा बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।
गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्ला म्याग्दी, गोरखा, मनाङ र मुस्ताङमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई ‘पोर्टेबल अक्सिजन क्यान’ तथा ‘अल्टिच्युड सिकनेस’ सम्बन्धी औषधिको व्यवस्था गरिने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताउनुभएको छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी कार्यक्रम’ मा उहाँले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको प्रष्ट पार्नुभयो ।