जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने भएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ ।
सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ । निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि अदालतले दुवै पक्षलाई कात्तिक १४ गते उपस्थित हुन आदेश गरेको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउनका लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ । नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फु क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार गर्न आग्रह गरिएको हो ।
ग्रान्डी अन्तर्राष्ट्रिय हस्पिटल विश्व स्ट्रोक सङ्गठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रका रूपमा मान्यता प्राप्त गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ । ग्रान्डी अस्पतालमा स्थापना गरिएको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रलाई विश्व स्ट्रोक सङ्गठनले अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कन गरेर अन्तर्राष्ट्रियस्तरको मापदण्डका आधारमा उक्त मान्यता प्रदान गरेको हो ।
झापा गाउँपालिकाले पाँचथरमा आयोजित दुतिया मेला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धी तेह«थुमको फेदाप गाउँपालिकालाई हराँउदै झापाले १ लाख ३३ हजार रुपियाँ पुरस्कार राशीको प्रतियोगितामा उपाधि जितेको हो ।
हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउन पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ ।
सुखीपुर नगरपालिका –६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ ।
सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ।
वीरगन्जको घडिअर्वा पोखरी छठघाटलाई स्थानीय छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्तिको प्रयोग गर्दै दुलही जस्तै सिंगारेका छन्।
पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड दुई घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित डम्पिङ साइट क्षेत्रमा राति दुई घण्टाका लागि सडक बन्द रहने जनाएको छ।