नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसी डकुमेन्ट्रीलाई भूराजनीतिक चलखेलको संज्ञा दिनुभएको छ ।
निर्वाचनको मिति नजिकिंदै जाँदा बाँके क्षेत्र नम्बर ३ को चुनावी वातावरण रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौर यस क्षेत्रबाट निर्वाचित हुनुभएकाले कांग्रेसका लागि सिट जोगाउने चुनौती छ भने राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले र नेकपाका लागि पार्टीको साख जोगाउन जित्नुपर्ने दबाब छ ।
मतदानको दिन प्रयोग गरिने सवारी साधनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।
बर्दियामा मतदाता शिक्षा दिनका लागि महिला स्वास्थ्य स्यवंसेविका हरेक घरमा र खेत खेतमा पुग्ने गरेका छन् । जिल्लाभरिका हरेक वडामा एक/एक जना महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाका लागि खटाइएको छ ।
चुनाव प्रचारका लागि घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना र राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको सीमावर्ती क्षेत्रका मतदाताले आफूहरूको क्षेत्रमा समस्या धेरै भए पनि राजनीतिक दलका घोषणापत्र तथा प्रतिज्ञापत्रमा ती विषय नसमेटिएको गुनासो गरेका छन् । सीमावर्ती क्षेत्रमा मुख्य गरी शिक्षा, स्वास्थ्य र सिँचाइको समस्या रहेको स्थानीयको गुना
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ९५ प्रतिशत तयारी पूरा भएको हो । अब सबै मतदान केन्द्रमा मत सामग्रीसहित कर्मचारी खटाउने कार्य भइरहेको छ । फागुन १७ गतेसम्म प्रदेशका सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित मतदान कर्मचारी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिनुभयो ।
चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवार आआफ्ना घोषणापत्र सार्वजनिक गर्दै मतदातामाझ पुगिरहेका छन् । दुुई निर्वाचन क्षेत्र रहेको इलाममा यस
मगर दिवसको अवसरमा घोराही उपमहानगरपालिकाले फागुन १५ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाका उम्मेदवार लक्ष्मणदत्त जोशीले प्रतिनिधि सभा निर्वाचनमा आफू र आफ्नो पार्टीले जित हासिल गरे चीनको ताक्लाकोटसँग जोडिएको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालन गर्ने पहल प्रतिबद्धता गर्नुभएको छ ।
जिल्लाका आठ वटा स्थानीय तहले मगर दिवसका अवसरमा शुक्रबार स्थानीय बिदा दिएको छ । ४४ औं मगर दिवसका अवसरमा पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघ संस्था, स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने पालिकाहरुले निर्णय गरेको हो ।
लहान नगरपालिका–१ को मुख्य चोकमा रहेका मधेश आन्दोलनका सहिदहरूको शालिकमा माल्यार्पण गर्दै मतदाता रिझाउने प्रयास गरिएको चर्चा बढ्न थालेको छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले सहिद शालिकमा माल्यार्पण गरेपछि यस्तो चर्चा चलेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ।