• १५ फागुन २०८२, शुक्रबार

मदिरा विक्री र सेवनमा निषेध

blog

निर्वाचन शान्ति सुरक्षाको बारेमा जानकारी दिन गरिएको पत्रकार भेटघाट ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), फागुन १५ गते । बर्दियामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न मदिरालाई निषेधित गरिएको हो । गत बुधबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकबाट भएको निर्णय बमोजिम मदिरा निषेधित गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारी गरी फागुन १४ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्मका लागि मादक पदार्थ बिक्री वितरण र सेवानमा प्रतिबन्ध लगाइएको जनाएको छ । कसैले सूचना विपरित मादक पदार्थ विक्री वितरण र सेवा गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय बर्दियाको सूचनामा उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले मादक पदार्थ विक्री वितरण र सेवन पूर्णरुपमा प्रतिबन्ध लगाइने बताउनुभयो ।