पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा सात सय ९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डमा पर्यटक बोकेर आएका सवारी साधनको लामो लस्कर लागेको छ । दसैँ–तिहार र छठ पर्व विदाको अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएपछि बेनी–जोमसोम सडकमा सवारीसाधनको लामो लस्कर लागेको हो ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देश अहिले गम्भीर अवस्थामा रहेकोले अहिले मुलुकको हितको लागि सबैले आआफ्ना ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् ।
साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा दुई जना साहित्यकारहरुलाई सम्मान गरिएको हो ।
यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ ।
पर्यटकीय सिजनको सुरुमै इलामका चर्चित पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरोपछि केहि समय सुनसान भएका अन्तु कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।
लमजुङ र मनाङका पर्यटकीय गन्तव्यहरुमा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । दसैँ तिहार तथा छठसम्मको लामो बिदाका कारण आन्तरिक पर्यटकहरुले पर्यटकीय गन्तव्यहरु भरीभराउ भएका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका ९ फल्लेघर भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना भएको छ । ढोरपाटन उपत्यका घुमेर फर्कने क्रममा लु ३ च ६८४७ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा सवारमा दुई जना सामान्य घाइते भएका छन् ।
सूर्य देवताको पूजा आरधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।
नेपाली बजारमा आइतबार सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् ।