शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १५ गते । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी) अन्तर्गतको खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापनअनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन।