बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा चल्ने सवारीसाधन फेरीकै भरमा पर्ने गरेका छन् । स्वामीकार्तिक खापर र जगनाथ गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीमा अझै पक्की पुल नहुँदा यहाँ चल्ने सवारीसाधन फेरीकै भरमा पर्ने गरेका हुन् । विगत केही वर्ष पहिला यहाँका स्थानीय सरकारले कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याएको थियो । त्यो फेरी हिउँदको महिना राम्रोसँग सञ्चालन हुने गरेको भए पनि बर्खाको समय भने बन्द हुने गर्छ ।
पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्गमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पोखरालाई राजधानी काठमाडौँ र पूर्वी नेपालसँग जोड्ने यो राजमार्ग निर्माणमा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पु¥याइरहेको छ । दुई पटक थप भएको म्याद सकिन डेढ महिना बाँकी हुँदा पनि सो सडकको पश्चिम खण्डको भौतिक प्रगति ६२ प्रतिशत मात्र छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माणको निर्धारित समय ६० प्रतिशत सकिँदा भौतिक प्रगति भने करिब ११ प्रतिशत मात्र भएको छ ।
चितवन जिल्ला अदालतले कात्तिक ११ गतेपछि मात्र नयाँ मुद्दा तथा निवेदन दर्ता र सुनुवाइ थाल्ने भएको छ । जेनजी समूहको आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनी भएपछि नियमित सेवा अवरुद्ध भएको थियो । आगजनी भएपछि सरसफाइ गरेर सामान्य सेवा सञ्चालन गरेपछि नयाँ मुद्दा दर्ता भने गरेको थिएन । मिसिल सुरक्षित रहेका चालु अवस्थाका मुद्दामा पनि नियमित कामकारबाही सुचारु हुने भएको हो ।
टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो ।
जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा ९जडीबुटी० खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो ।
तिबेला तराई–मधेश क्षेत्र आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ ।
तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ ।
राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ ।
इटहरी उपमहानगरपालिका–६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बन्नुभएको छ । उहाँले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् ।
केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो ।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो ।
यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे ।
मुस्ताङ जाने सडक छेउमा पर्ने रुप्से झरना अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तिहारपछि दैनिक रुपमा करिब पाँच हजारभन्दा धेरै पर्यटकले रुप्से झरनाको अवलोकन गर्ने गरेका छन् ।