मन्त्रालयको कार्यभार सम्हालेको महिना दिनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सुधारका लागि विभिन्न नीतिगत निर्णय गर्नुभएको छ । पुन गत असोज ५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समय सङ्घीय संसद् भवनको निर्माण सम्पन्न नगरिए ठेक्का सम्झौताबमोजिम कारबाही हुने चेतावनी दिनुभएको छ ।
दुर्गममा फोरजी सेवा विस्तार
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा यस वर्षकै धेरै दर्शनार्थीले पूजा आराधना गरेका छन् । कात्तिक महिनाको दोस्रो शनिबार एकै दिन ६ हजार ३९३ जना दर्शनार्थीले पूजा गरेका हुन् ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
काठमाडौँ महानगरपालिका–१ मा अवस्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्यटकीय स्थल कमल पोखरी।
गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबैमा अनुरोध गरेको छ।
साहित्य सङ्गम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित हुनुभएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो ।
मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एक जनाको मृत्यु भएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले शनिबार संयुक्त राष्ट्रसङ्घ (युएन) र अन्य बहुपक्षीय संस्थाले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने कठोर टिप्पणी गर्दै गाजाका युद्धपीडितको संरक्षणमा असफल भएको आरोप लगाउनुभएको छ ।
गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाको विभिन्न क्षेत्रबाट सवारी नियम उल्लङ्घन गरी चलाइएका ३१ वटा दुई पाङ्ग्रे सवारी साधन मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत( यही कात्तिक १९ गते सुरु हुने भएको छ ।