हेटौँडा उपमहानगरपालिकाको विभिन्न क्षेत्रबाट सवारी नियम उल्लङ्घन गरी चलाइएका ३१ वटा दुई पाङ्ग्रे सवारी साधन मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत( यही कात्तिक १९ गते सुरु हुने भएको छ ।
मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु भएको छ । लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका –७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक बालक गम्भिर घाइते भएका छन् ।
अफगानिस्तान र पाकिस्तानका वरिष्ठ वार्ताकार शनिबार इस्तानबुलमा पछिल्ला रक्तपातपूर्ण झडपपछि दुवै देशबिचको सीमामा स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ सुरक्षा सम्बन्धी मुद्दामा छलफल गर्दै छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताउनुभएको छ ।
मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका-८, चित्रे बजारमा बसोवास गर्दै आउनुभएको विमला लिम्बूको घर बाहेक सबै जग्गा जमिनदेखि कागजात तेह्रथुम जिल्लाको छ ।
गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहारबाट घाइते कुमाललाई उपचारका लागि गैँडाकोट सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएकोमा चिकित्सकले सवा ११ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी परीक्षक युवराज खड्काले बताउनुभयो।
राजविराजस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै पवित्र नहाय खाय विधि गरेका हुन् । सो अवसरमा व्रतालु सुनिता कुमारी आत्मशुद्धि र सूर्यपूजाको संकल्प गर्दै व्रत आरम्भ गरेको बताउनुभयो।
नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक सिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ ।
पौवादुङमा गाउँपालिकाको गौरवको आयोजनाको रूपमा रहेको कालोपत्रे गरिएको तिवारी भन्ज्याङ–च्याङ्ग्रे सडक खण्ड । भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म तीन किलोमिटर कालोपत्रे गरिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गर्नुभएको छ ।
धनकुटामा उत्पादित धनकुटे नरिवल बिस्कुटले बजार लिएको छ । धनकुटाको बसपार्कमा कोशेलीका रूपमा बिक्रीका लागि राखिएको धनकुटे नरिबल बिस्कुट र एभोकाडो सबैको रोजाइमा पर्ने गरेको छ ।
झापामा एक वालकको विषालु सर्पले डसेर ज्यान गएको छ । झापाको शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा ५ वर्षीय छोरा सक्षम तामाङलाई शुक्रबार अपरान्ह बिषालु सर्पले डसेको थियो ।