निर्वाचनमा उत्साहजनक रूपमा सहभागी भइरहेका राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने साझा प्रतिबद्धता अघि सारेका छन् । आगामी बिहीबार हुने गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले जनतासमक्ष लगेका प्रमुख वाचामध्ये पर्यटन र नागरिक उड्डयन क्षेत्रमा आर्थिक रूपान्तरण गर्ने साझा एजेन्डा अघि सारेका हुन् ।
आठ महिनादेखि नेतृत्वविहीन उपभोक्ता अदालतले नेतृत्व पाएको छ । मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले न्यायपरिषद्को सिफारिसमा काठमाडौँ जिल्ला अदालतसमेत हेर्ने गरी न्यायाधीश डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।
निर्वाचन आयोगमा ९६ राजनीतिक दलले गत आवको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । आयोगको अभिलेखबमोजिम गत असारसम्म १२२ राजनीतिक दलको दर्ता कायम रहेकामा २६ दलले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ९५ दलले तोकिएको समयसीमाभित्र लेखा परीक्षण प्रतिवेदन बुझाएको र एउटा दलले समयसीमापछि प्रतिवेदन बुझाएको हो । नेपाल विवेकशील पार्टीले समयसीमापछि फागुन ८ गते मात्रै प्रतिवेदन बुझायो ।
सरकारले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च बेहोर्ने भएको छ । फागुन १२ गतेका मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको अवधिमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
हिमाल आरोहणमा जाने विदेशी पर्यटकमा समान्य स्वास्थ्य समस्या देखिँदा डर, त्रास देखाई उद्धारका नाममा ठगी गर्ने गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २२ पैसा र बिक्रीदर १४५ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्रमार्फत समग्र विकासका लागि आकर्षक प्रतिबद्धता व्यक्त गरेका छन् । ती प्रतिबद्धतामा मधेश प्रदेशको प्रमुख समस्याबारे स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पछिल्लो वर्षमा मधेश प्रदेशमा जल सङ्कट प्रमुख समस्या बनेको छ । विगतदेखि नै दलले मधेशलाई अन्नको भण्डार बनाउने, कृषि क्रान्ति ल्याउने र मधेशले देशलाई खुवाउने जस्ता आकर्षक नारा दिँदै आएका छन् तर मधेश प्रदेश दिनप्रतिदिन गहिरिँदो जल सङ्कटको चपेटामा पर्दै आएको छ । गत वर्ष सङ्घीय सरकारले मधेशका भूभागलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
लेखक तथा पत्रकार पदम श्रेष्ठको ५७ वर्षको उमेरमा बुधबार काठमाडौँमा निधन भएको छ । गोरखापत्रकर्मी शिवा तामाङका पति पदम श्रेष्ठको मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण बुधबार दिउँसो २ बजे लाजिम्पाटस्थित घरमै निधन भएको हो । स्वर्गीय श्रेष्ठका भाइ मदन श्रेष्ठका अनुसार कम्प्युटरमा काम गर्दागर्दै लेखक श्रेष्ठ ढल्नुभएको थियो ।
विश्वका प्रतिष्ठित विश्वविद्यालयको वरीयतामा त्रिभुवन विश्वविद्यालयले सामान्य सुधार गरेको छ । विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार टाइम्स हाइअर एजुकेसनको वरीयतामा त्रिवि एक हजार पाँच सय वटा विश्वविद्यालयको सूचीभित्र परेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत वर्ष (सन् २०२५) मा पनि त्रिविको वरीयता यही नै थियो ।
सप्तरीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ । फागून २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सिमा नाका बन्द गरिने भएको हो ।
गए राति दार्मा गाउँपालिका –५ मा परेको असिनाले स्थानीय ७० घरपरिवारको हिउँदे बाली पूर्णरूपमा नष्ट भएको छ । प्रभावित बालीमा गहुँ, गेडागुडी, तोरी, तरकारी र अन्य हिउँदे बाली छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट बुधबार बिहान देखिएको गुर्जा हिमाल । यो वर्ष वर्षा र हिमपात भएकाले हिमालहरु सेताम्मे भएका छन् ।
निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ ।
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौला यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ।