प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु भएको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ ।
निर्वाचनका बेला सवारी चाप कम हुने अवसरलाई सदुपयोग गर्दै नारायणगढ–बुटवल सडक विस्तारको कामलाई तीव्रता दिइने भएको छ।
जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीसँग आग्रह गरेको छ ।
नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ ।
इरानले जापानी सार्वजनिक प्रसारण कर्ता एनएचकेका तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको मिडिया रिपोर्ट गरेको छ । रिपोर्टले उहाँलाई शिन्नोसुके कावाशिमाको रूपमा नाम दिदै कुख्यात एभिन जेलमा सारिएको जनाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । यी घटनामा इजरायलले गाजाबाट रिपोर्ट गर्ने पत्रकारको ठूलो हिस्सा मारिएर सबैभन्दा बढी भूमिका खेलेको देखिएको पत्रकार संरक्षण समिति ९सिपिजे० ले बुधबार जनाएको छ ।
सल्यानको दार्मा गाउँपालिका–५ मा परेको असिनाले स्थानीय ७० घरपरिवारको हिउँदे बाली पूर्णरूपमा नष्ट भएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पदमबहादुर कुँवरले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिनेशकुमार यादवले परिस्थितिवश चाँडै भोट माग्न आउनु परेको भन्दै मतदातालाई स्पष्टीकरण दिइरहनुभएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ ।