भारतसँग सीमा जोडिएका पाँचथरका उच्च पहाडी क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ ।
बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ ।
राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ ।
इलाम –२ का उम्मेदवार सुुहाङ नेम्वाङले गाउँसम्म पुग्ने नीति सरकारले बनाउनुपर्ने र त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालन गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ ।
इलामको माईजोगमाई गाउँपालिकामा अपाङ्गता भएका अशक्त व्यक्तिलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रे क्षेत्र १ को कोशीपारी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। पार्टीको केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा यतिबेला गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहनुभएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात्र मतदान गरिनुपर्ने बताउनु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रूपन्देही क्षेत्र २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ सँग रूपन्देहीको सैनामैनावासीले सुकम्बासी समास्या सामाधान गर्न आग्रह गरेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ।