छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि अहिले महोत्तरीको हाट बजारमा व्यापक चहलपहल देखिएको छ।
पाल्पाको रामपुर नगरपालिका –७, मा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा शुक्रबार घुम्न आएका विदेशी तथा आन्तरिक पर्यटक ।
मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ ।
असोज २१ गते घरबाट हराएकी मोरङको लेटाङ नगरपालिकाकी बालिका अंशु गौतमको शव १३ दिनपछि शुक्रबार जङ्गलमा भेटिएको छ।
मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगर्न अनुरोध गर्नुभएको छ।
तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिनुभयो ।
नेपालीको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।
‘जेनजी’ युवाले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनर रूसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर यसले लागतमा प्रभाव पार्ने विश्लेषकले शुक्रबार बताएका छन् ।
जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसदमा पहिलो नीतिगत सम्बोधन गर्दै देशको रक्षा क्षमता अभिवृद्धि र सैन्य खर्च बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया दिँदै आगामी छ महिनाभित्र त्यसको प्रभाव स्पष्ट हुने बताउनुभएको छ ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्व प्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको कानूनी कार्यवाही पूरा गरी आगामी नोभेम्बर १३ मा फैसला सुनाउने भएको ढाका ट्रिब्युनले जनाएको छ ।
बिहीबारको वर्षापछि खुलेको मौसम र सुन्दर रेसुङ्गा नगरपालिका –४, अर्खले, सोही स्थानबाट देखिने उत्तरका मनमोहन हिमशृङखला । तस्बिरः टोपलाल अर्याल