कोकिला ढकाल
इलाम, फागुन १३ गते । इलाम –२ का उम्मेदवार सुुहाङ नेम्वाङले गाउँसम्म पुग्ने नीति सरकारले बनाउनुपर्ने र त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
उपनिर्वाचन २०८१ बाट १६ महिने संसदको यात्रा सुरु गर्नुभएका नेम्वाङले जिल्ला विकासको अवस्था हेर्दा जति पनि सञ्चालन भइरहेका निर्माण र आयोजना सरकारी नीतिमा त्रुुटि भएकै कारण सम्पन्न गर्न ढिलाइ भइरहेको बताउनुुभयो ।
इलाम –२ को सुुम्बेक, पुवामझुवा, पुवाखोला क्षेत्रमा मतदाता भेट्न व्यस्त रहेका नेम्वाङले आफूू संसद छिरेर गाउँ–गाउँमा सञ्चालित आयोजनाहरुलाई कस्तो किसिमको कानुन र नीति बनाउँदा समयमा काम हुुन्छ भन्नेबारेमा सुझाव लिइरहेको बताउनुभयो ।
चुनावी मिति नजिकिंदै गर्दा गाउँमै भेटिएका नेम्वाङले जिल्लाको आवश्यकता, विपदपछिको पुुनःनिर्माण, स्वास्थ्य क्षेत्रमा रहेको न्युुन दरबन्दी, ग्रामीण सडकहरु, गाउँको सुुस्ताउँदो अर्थतन्त्रलाई चलायमान बनाउने आदि विषयहरुमा आफूू गम्भीर रहेको बताउनुुभयो ।
गएको असोज १८ को विपद्बाट जिल्लामा १२ अर्ब बढीको क्षति भइरहँदा बल्ल अढाइ अर्ब बजेट आएको भन्दै नेम्वाङले मतदाताहरुलाई धैर्य गर्न आग्रह पनि गर्नुभयो । भरखरै प्रतिबद्धता प्रत्र पनि सार्वजनिक गर्नुभएका नेम्वाङले केचना–कञ्चनजंघा सडक, दमक चिसापानी सडकसहित ग्रामीण सडकहरुको काम चाँडो सम्पन्न गराउन आवश्यकता देखिएको बताउनुुभयो ।
उता प्रचार–प्रसारमै व्यस्त रहेको नेपाली कांग्रेसका उम्मेद्वार भेषराज आचार्यले आज इलामको पश्चिमी क्षेत्र मंगलबारेमा घरदैलो गर्नुभएको छ । कांग्रेस इलामले जिल्लाको स्थानीय मुद्दाहरुलाई समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको थियो ।
इलाम –२ को २०८१ को उपनिर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्रपार्टी, यस पटक जेन्जी आन्दोलनपछि उदाएका श्रमसंस्कृति पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, धेरै दल मिलेर बनेको नेपाली कम्युुनिष्ट पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरुले पनि जिल्लामा मतदाता भेटघाटको कार्यक्रम गरिरहेका छन् ।