जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलन राष्ट्रिय कार्यान्वयन योजना मस्यौदा सम्बन्धी राय तथा सुझाव सङ्कलन कार्यशालाको आयोजना गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटरको सीमाना तीन दिन पूर्ण रुपमा बन्द गरिने भएको छ ।
आगामी फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न दाङका सबै सीमा नाका बन्द गरिने भएको छ।
कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले ३४ औं वार्षिकोत्सव मनाएको छ । प्राकृतिक चिकित्सा तथा फिजियोथेरापीसम्बन्धी उपचार सेवा प्रदान गर्दैआएको अस्पतालले निःशुल्क हाडजोर्नी, नशासम्बन्धि स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेर ३४ औँ वार्षिकोत्सव मनाएको हो ।
बेलायतले मस्कोको महत्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन् २०२२ मा रुसी-युक्रेनी युद्ध सुरु भए पछिको सबै भन्दा ठूलो तथा नयाँ प्रतिबन्ध प्याकेज घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (ब.सु.प.) ले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न बर्दघाट नगरपालिकालाई कडा निर्देशन दिएको छ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिमपात भएको छ । मङ्गलबार दिउँसोदेखि वर्षासँगै तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात भएको हो।
टर्कीमा लडाकू जेट विमान (एफ-१६) बुधबार उडान भरेको केही समय पछि दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको मिडियाले रक्षा मन्त्रालयलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएकाे छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ ।
श्रीलङ्काले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट प्रकरणमा देशका पूर्व गुप्तचर प्रमुखलाई पक्राउ गरेसँगै सात वर्षदेखि विवाद र शङ्कामा रहेको घटनाले नयाँ मोड लिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हाँसिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैँक खाता खोलेका छन् । आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा मकवानपुरमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ ।