नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा रहेका विदेशी पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा मुख्य तीन दलबिच प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमाले, कांग्रेस र अहिलको नेपाली कयुनिष्ट पार्टीबिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धीमा थपिएको हो ।
जाजरकोटको सदरमुकाम एक पसलमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । भेरी नगरपालिका–४, शान्तिचौतारा बसपार्कस्थित कर्णबहादुर वलीको पसलमा मङ्गलबार राति करिब १२ बजे आगलागी भएको हो ।
प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन दिनका लागि बन्द गरिने भएको छ।
नेकपा (एमाले) का महासचिव एवं दाङ २ का उम्मेदवार शङ्कर पोखरेलले स्वर्गद्वारी गुठी समस्याको समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक एवं कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ ।
हिमाली जिल्लाभरका विद्यालयहरूमा भर्ना अभियान सुरु भएको छ। विद्यालय परिवार र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन यो अभियान सञ्चालन गरिरहेको छ।
गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण र सेवन कार्यलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफ्नो सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ।
पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी जिल्लास्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको छ ।
भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा बसोवास गर्दै आएका एक जना नेपालीले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् ।
पश्चिम नवलपरासीको चुनावी मैदान यस पटक रोचक मोडमा पुगेको छ। जिल्लाका स्थापित शीर्ष राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सिन्धु ‘जलेसा’ बुढाथोकी भने सशक्त रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ।
यहाँको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मुस्ताङमा उम्मेदवारी दिएका सबै उम्मेदवार आआफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन सक्रिय देखिएका छन् । मुस्ताङका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सुरु गरेपछि चुनावी चहलपहल ह्वात्तै बढेको छ । गएको माघ ६ गते मनोनयन दर्ताको एक महिनापछि सुनसान बस्तीमा अहिले उम्मेदवार गाउँ गाउँ, टोल टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् । जाडो छल्न जिल्लाबाहिर गएका मतदातासमेत फर्किन थालेका छन् ।