पश्चिम नवलपरासीको चुनावी मैदान यस पटक रोचक मोडमा पुगेको छ। जिल्लाका स्थापित शीर्ष राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सिन्धु ‘जलेसा’ बुढाथोकी भने सशक्त रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ।
यहाँको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मुस्ताङमा उम्मेदवारी दिएका सबै उम्मेदवार आआफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन सक्रिय देखिएका छन् । मुस्ताङका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सुरु गरेपछि चुनावी चहलपहल ह्वात्तै बढेको छ । गएको माघ ६ गते मनोनयन दर्ताको एक महिनापछि सुनसान बस्तीमा अहिले उम्मेदवार गाउँ गाउँ, टोल टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् । जाडो छल्न जिल्लाबाहिर गएका मतदातासमेत फर्किन थालेका छन् ।
धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका आठ वटै पालिकामा मतदाता शिक्षा अभियान अहिले तीव्र गतिमा चलिरहेको छ । सोही क्रममा जिल्लाको नरैनापुरमा मतदाता शिक्षा अभियानलाई अगाडि बढाइएको छ ।
दुई वटा निर्वाचन क्षेत्र भएको बर्दिया जिल्लामा राजनीतिक दल र उम्मेदवारका लागि सबैभन्दा ठुलो चुनौती वन्यजन्तु व्यवस्थापन रहेको छ । निर्वाचनको समय नजिकिँदै जाँदा स्थानीय मतदाताले वन्यजन्तु व्यवस्थापन गर्नेलाई मतदान गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले जेन–जी आन्दोलनपछि देश कठिन परिस्थितिमा रहेकाले अहिलेको अवस्थामा देशलाई सम्हाल्ने क्षमता नेपाली कांग्रेससँग रहेको बताउनुभएको छ।
निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवार मतदाताको घरदैलोमा पुग्न व्यस्त छन् । यसैबिच स्वर्गद्वारी गुठीपीडित मोही किसानले उम्मेदवारसँग आफ्ना दीर्घकालीन समस्यालाई चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् । किसानले घरदैलोमा आउने उम्मेदवारदेखि सामूहिक छलफलसम्म आफ्नो आवाज उठाउँदै लामो समयदेखि अल्झिँदै आएको समस्याको समाधानका लागि दबाब सिर्जना गरिरहेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत नवलपुरमा दुई हजार ५६ जना कर्मचारी खटाइँदै छन् । निर्वाचन खटिने कर्मचारीहरूको नामावली मङ्गलबार प्रकाशित गरिएको छ ।
निर्वाचनको मुखमा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएका उहाँ मङ्गलबार रास्वपामा प्रवेश गर्नुभएको हो । चकिया (जाँतो) चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनुभएका चौधरी सम्भवतः अब आफैँलेसमेत आफ्नो चुनाव चिह्नमा भोट हाल्नुहुने छैन ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीयले सडक र पुललाई प्राथमिकता दिन उम्मेदवारलाई आग्रह गरेका छन् । भौगोलिक रूपमा विकट मानिने ७ र ८ नं. वडाका का स्थानीयले बाह्रै महिना सवारीसाधन चल्ने गरी सडक र पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा बन्द हुने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द हुने भएको हो । फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन भएको दिन फागुन २१ गते राति १२ बजेसम्म सबै सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं. ४ को ओडारचौर–ढोडेनी र वडा नंं. ७ को मुलपानी–तितौरे जोड्ने सडक कालोपत्र गरिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाउनुभएको छ ।