• १३ फागुन २०८२, बुधबार

गुठी समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता

blog

एमाले महासचिव एवं दाङ २ का उम्मेदवार शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै गुठीपीडित मोही किसानहरू । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन १३ गते ।
नेकपा (एमाले) का महासचिव एवं दाङ २ का उम्मेदवार शङ्कर पोखरेलले स्वर्गद्वारी गुठी समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

दाङको घोराहीमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आयोजनामा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँग स्वर्गद्वारी गुठीको जमिनमा मोही अधिकारका लागि संवाद तथा प्रतिबद्धता लेखन’ कार्यक्रममा बोल्दै उहाँले गुठी समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको हो  ।

गुठी समस्या समाधानका लागि विधेयकसमेत तयार गरिएको जानकारी दिँदै सम्बन्धित मन्त्रालयको सक्रियता अभावका कारण समस्या समाधानमा ढिलाइ भएको पोखरेलले बताउनुभयो  ।

उहाँले नेकपा एमाले गुठी पीडित किसानको पक्षमा स्पष्ट रूपमा उभिएको दाबी गर्दै राज्यस्तरबाट समाधान खोज्नुपर्ने विषय भएकाले यसलाई राजनीतिक इच्छाशक्तिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सरकार प्रभावकारी ढङ्गले अघि बढ्न नसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो  ।

“गुठीको समस्या राज्यको समस्या हो । सही प्रतिनिधि चयन भयो भने काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो “समस्या बुझेको प्रतिनिधि जिम्मेवार स्थानमा पुग्यो भने समाधान सम्भव छ ।” सोहीक्रममा उहाँले गुठी समस्या समाधानका लागि लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको थियो