दशरथ रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँसले काँक्रेबिहार क्लबलाई ४–१ गोलले हरायो ।
सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले मुलुकलाई सही दिशामा अगाडि बढाएको बताउनु भएको छ ।
सामाजिक कार्यमा सक्रिय रोटरी क्लब अफ बागलुङ, रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी डिस्ट्रिक ३२९२ को संयुक्त पहलमा बागलुङ नगरपालिका –७ स्थित तितौरे माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२ र ८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
श्रीलङ्कास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले हरायो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जापानकी प्रधानमन्त्री साने ताकाइची आफ्नै दलका सांसदलाई बधाईस्वरूप उपहार क्याटलग उपलब्ध गराएको विषय सार्वजनिक भएपछि नयाँ विवादमा पर्नु भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुग्नुभएको छ ।
युक्रेन युद्ध अन्त्यका लागि चीनको प्रभाव प्रयोग गर्न आग्रह गर्दै र जर्मन कम्पनीका लागि निष्पक्ष व्यापार वातावरणको मागसहित जर्मनीका चान्सलर फ्रेडरिक मर्ज बुधबार दुई दिने भ्रमणका लागि बेइजिङ आइपुग्नु भएको छ ।
संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्तिमार्फत घटना दक्षिण-पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ ।
निवर्तमान सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली दीर्घकालीन राजनीति नहुने बताउनुभएको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुस्ताङमा उम्मेदवारी दिएका सबै उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन सक्रिय छन् ।
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।