शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १३ गते । लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँसले काँक्रेबिहार क्लबलाई ४–१ गोलले हरायो । यससँगै सात खेलमा पाँचौँ जित निकालेको लालीगुँरास १७ अङ्क जोड्दै शीर्षस्थानमा रहेको छ ।
छैटौँ हार खेपेको काँक्रेबिहारको एक अङ्क छ । १३ टोली सहभागी लिगको विजेताले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।