लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको घटनाको न्यायिक छानबिन हुनुपर्ने बताउनुभएको छ। आन्दोलनका क्रममा मृत्यु भएका ,सरकारी सम्पत्ति र निजी सम्पत्तिमा भएको आक्रमणको सत्यतथ्य छानविन हुनुपर्ने बताउनुभएको हो।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद पुनःस्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद पुनःस्थापना नै उत्तम विकल्प रहेको उहाँले जिकिर गर्नुभयो ।
नाम्खा गाउँपालिका–६, को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीका छेउमै नाउर आउने गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल-हमासबिच भएको अमेरिकी-मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उहाँका पछाडि उभिएका विश्व नेता केवल प्रतीकात्मकरूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो ।
डोटी जिल्लाबाट डडेल्धुरा आउँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते हुनुभएको छ । डोटी डडेल्धुरा जोड्ने डा. केआई सिंह राजमार्ग अन्तर्गत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३ मछलीखोलामा दुर्घटना भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना मनाङ एकाइ संरक्षण कार्यालयको टोलीले हालै समुद्री सतहदेखि ४ हजार ६५१ मिटरको उचाइमा अवस्थित पोङ्कर तालसम्म सफल फिल्ड सर्वेक्षण सम्पन्न गरेको छ । अन्नपूर्ण तेस्रोको काखमा अवस्थित यो ताललाई नयाँ पदमार्गमार्फत मनाङ उपत्यकासँग जोड्ने उद्देश्यले सर्वेक्षण गरिएको हो ।
सल्यानको शारदा नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ । शारदा नगरपालिका–१२, गाईनेटानजिक शारदा नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
बागलुङको घम्जा घर भएका गणेश छन्त्याल र कला छन्त्याल बागलुङ बजारमा तरकारी उत्पादन गर्न व्यस्त छन् । बागलुङ नगरपालिका–१, रामरेखामा छन्त्याल दम्पतीले पाँच वर्षदेखि बेमौसमी तरकारी उत्पादन गर्दै मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनाको पहिलो सातामै ३ अर्बभन्दा बढी राजस्व संकलन भएको छ ।
पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठुलो राहत भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो ।
छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ ।
मधेश प्रदेशमा लोक आस्थाको महापर्व छठको चहलपहल सुरु भएको छ । सबैतिर जलासयहरूको सरसफाइ र पूजाका लागि घाट निर्माणको कामले गती पाएको छ। ठाँउ ठाँउमा आकर्षक स्वागत द्वार निर्माण गरिने क्रम जारी छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो तिहारमा फूल, माला तथा केही समय अगाडि बिरुवा बेचेर सात लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट पार्नु भएको छ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।