यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाताहरूको लागि मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस पटक तनहुँमा कुल एक हजार ८६९ जना अस्थायी मतदाता कायम भएका छन् ।
कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीस्थित मुक्तिधाम माध्यमिक विद्यालयका विद्यार्थीले पढाइसँगै व्यवहारिक अभ्यासलाई जोड्दै विद्यालय परिसरमै सामूहिक तरकारी खेती सुरु गरेका छन् ।
धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित म-याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् ।
निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण सुरु भएको छ । रु एक करोड आठ लाख आठ हजार ९९२ मा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थालेको हो ।
सुक्खायाममा चुनावी माहोल जति तातिँदै गइरहेको छ, सर्लाहीको उत्तरी चुरेवर्ती क्षेत्रमा खानेपानीको समस्या उत्तिनै बढ्दो छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँको एक मतदान केन्द्रलाई पूर्ण रूपमा महिला कर्मचारीको नेतृत्वमा ‘नमुना केन्द्र’ का रूपमा सञ्चालन गरिने भएको छ ।
जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०० मिटर लामो तटबन्ध निर्मण भएपछि बस्तीमा बाढीको त्रास हटेको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ का किसानहरूले ऐतिहासिक खुटी नहर सञ्चालन गरिने विश्वसनीय प्रतिबद्धताको माग गरेका छन्।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का रविरत्न श्रेष्ठ कृषि पेसामा संलग्न हुनुहुन्छ । काठमाडौँमै अर्गानिक तरकारी पु¥याउने अठोटका साथ उहाँले २०७६ मा वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि कर्म थाल्नुभएको हो । उहाँले चार लाख रुपियाँभन्दा बढी लागतमा टहरा बनाएर मौसमी तरकारी लगाउनुभएको छ । लगानी थपेपछि आम्दानी केही वृद्धि भएको छ । उहाँले भन्नुभयो, “तर भने जस्तो उत्पादन छैन । लगानी र मेहनत धेरै आम्दानी सीमित भएकाले खर्च धान्न समस्यै छ ।”
गुल्मीमा निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ ।
पूर्वाधार विकासमा कर्णाली प्रदेश अझै पनि पछि छ । यो प्रदेशलाई विकासको मूलधारमा ल्याउन धेरै काम गर्न बाँकी छ । विकासमा पछि परे पनि कर्णालीको सामाजिक, भाषिक र सांस्कृतिक महìव भने विशिष्ट छ । पछिल्ला वर्षमा कर्णालीवासीको गाँस, बास र कपासको समस्या समाधान गर्दै शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नुका साथै पूर्वाधारको विकासमा राज्यको ध्यान जान थालेको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले कर्णालीको विकासलाई प्राथमिकतामा राखेका छन् । मुख्य गरी नेपाली कां
बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् । निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको छ ।