• १४ फागुन २०८२, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, फागुन १४ गते । नेपाल राष्ट्र बैङ्कले  बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २२ पैसा र बिक्रीदर १४५ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ९५ पैसा र बिक्रीदर १७१ रुपियाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ९४ पैसा र बिक्रीदर १९६ रुपियाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ २२ पैसा र बिक्रीदर १८८ रुपियाँ कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ७४ पैसा र बिक्रीदर १०३ रुपियाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ९६ पैसा र बिक्रीदर १०६ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ६७ पैसा र बिक्रीदर ११४ रुपियाँ १५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १४ पैसा र बिक्रीदर २१ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७१ पैसा र बिक्रीदर ३८ रुपियाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८४  पैसा र बिक्रीदर ४० रुपियाँ १ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६७ पैसा र बिक्रीदर चार रुपियाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५४ पैसा र बिक्रीदर ३९ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३२ पैसा र बिक्रीदर ३७ रुपियाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ र बिक्रीदर १६ रुपियाँ ७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८८ पैसा र बिक्रीदर २३ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५७ पैसा र बिक्रीदर १८ रुपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ ३५ पैसा र बिक्रीदर ४७७ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ १५ पैसा र बिक्रीदर ३८६ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७९ रुपियाँ २५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस