शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १४ गते । लेखक तथा पत्रकार पदम श्रेष्ठको ५७ वर्षको उमेरमा बुधबार काठमाडौँमा निधन भएको छ । गोरखापत्रकर्मी शिवा तामाङका पति पदम श्रेष्ठको मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण बुधबार दिउँसो २ बजे लाजिम्पाटस्थित घरमै निधन भएको हो । स्वर्गीय श्रेष्ठका भाइ मदन श्रेष्ठका अनुसार कम्प्युटरमा काम गर्दागर्दै लेखक श्रेष्ठ ढल्नुभएको थियो ।
२०२५ असोज ६ गते काठमाडौँमा जन्मनुभएका लेखक श्रेष्ठका संस्कृति, साहित्य र इतिहाससम्बन्धी एक दर्जन कृति प्रकाशित छन् । स्वर्गीय श्रेष्ठका दुई परिवारबाट एक छोरी र एक छोरा हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाका उपाध्यक्ष शिवा तामाङका अनुसार स्वर्गीय श्रेष्ठको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।