शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १५ गते । फिल्म ‘परालको आगो’ को पहिलो झलक सार्वजनिक गरिएको छ । बिहीबार चलचित्र मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको पहिलो पोस्टरमा तीनै पात्रलाई समावेश गरिएको छ । पोस्टरमा कलाकार सुहानाले सिउँदोमा सिन्दूर, अनि निधारमा टीका लगाएको देखाइएको छ तर पनि यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ ।
ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई उठान गरिएको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय छ ।