नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति सचिवालय बैठक पार्टी कार्यालय पेरिस डाँडामा जारी छ। माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने विषयमा छलफल गर्न बैठक राखेको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास जारी रहेको बताउँदै देशभक्त शक्तिहरूका बीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ।
हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन्।
आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको चुनौती दिएको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले २७१ रन बनाएको हो । नेपालले एक बल बाँकी हुँदा सबै विकेट गुमाएको हो ।
रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा ३४ लाख एक हजार ३१५ रुपियाँ ८४ पैसा नाफा आर्जन गरेको छ ।
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।
रसुवाको प्रवेशद्वार मानिने वेत्रावती क्षेत्रका स्थानीयवासीहरु लामो समयदेखि अलपत्र अवस्थामा रहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्र्रुबेंशी सडक आयोजनाको काम सुस्त हुँदा आक्रोश व्यक्त गरेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चेले लाङटाङ क्षेत्र घुम्न आउने पदयात्रीहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताउनु भएको छ ।
गुल्मीमा पशुचौपायमा हुने खोरेत रोग नियन्त्रण तथा उन्मुलन गर्ने अभियानमा प्रभावकारी रुपमा अगाडि बढेको छ। लुम्बिनी प्रदेश सरकाले पहाडी जिल्लाको रुपमा गुल्मी र अर्घाखाँचीसहित अरु जिल्लाका केही पालिकाबाट खोरेत रोग मुक्त गर्ने अभियान सुरु गरेको छ ।
चीनले शनिबार उसको शेन्झाउ-२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ ।
हरिबोधिनी एकादशीको अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायण स्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको हो ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तालाई दुई देशबिचको सम्बन्धमा ‘निर्णायक मोड’भएको बताउनुभएको छ ।
हरिबोधिनी एकादशीको दिन आज बागलुङ नगरपालिका –१ निरयघाटस्थित पवित्र कालीगण्डकी नदीमा तोरण तार्दै भक्तजनहरु । तस्बिरः नवराज नेपाली
एसिया-प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।