नेपालगन्जबाट हुम्लाको सदरमुकाम सिमकोट जाने हवाई भाडा निर्वाचनको बेला १४ हजार पुगेको छ। यात्रु चाप बढ्नु र सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु कम हुनुका कारण निजी एयरलाइनहरूले भाडा वृद्धि गरेका हुन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका मतदान केन्द्रहरुमा खटिने कर्मचारीलाई नियुक्ति पत्र वितरण गरिएको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्थापन, मतदाता शिक्षाको प्रचारप्रसार, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा मतदानपछिको नतिजा सार्वजनि
निर्वाचन नजिकिँदै जाँदा तनहुँका दुवै क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य नयाँ उम्मेदवारबिच बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो उपनिर्वाचनमा आमनेसामने भएका नेपाली कांग्रेसका गोविन्द भट्टराई र रास्वपाका स्वर्णिम वाग्ले पुनः प्रतिस्पर्धामा उत्रिँदा नेकपा (एमाले) ले पूर्वमन्त्री भगवती न्यौपानेलाई मैदानमा उतारेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरु सोमबार मतदान अधिकृतलाई बुझाइएको छ।
आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि पोखरामा सर्वपक्षीय भेलाको आयोजना गरिएको छ । सो भेलामा पोखराका मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, पत्रकार, उद्योग व्यवसायी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले नागरिक शासनको प्रत्याभूत गर्ने, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आमनागरिकको दायित्व रहेको बताउनुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन चिनसँग सिमाना जोडिएको कोरला नाका बन्द गरिने भएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आआफ्नो पक्षमा मत तान्नका लागि सबै दलले आआफ्नो योजना सार्वजनिक गरेका छन् । दलहरूको केन्द्रीय रणनीतिसँग मिल्ने योजनासहित पूर्वाधार, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल भौतिक पूर्वाधार तथा आधारभूत विषयलाई आफ्ना एजेन्डामा समेटेका छन् । सबै दलका उम्मेदवारले यहाँको सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषयलाई साझा मुद्दा बनाएका छन् ।
देशका केही भूभागमा सोमबार मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन तीन दिन मात्रै बाँकी रहँदा बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा प्रमुख दलका उम्मेदवारबिच अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई नयाँ उम्मेदवारले चुनौती दिइरहेका छन् । कोहलपुर–११ का दीपक रैदासले एमालेका निवर्तमान सांसद सूर्य ढकाल विरासत जोगाउन कियाशील रहँदा कांग्रेस बाँकेका सभापति नारायण गौडेल, नेपाली कम्युनिस्ट पार्टी बाँकेका संयोजक नरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरीले कडा चुनौती दिनुभएको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने उल्लेख गर्नुभएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले आचारसंहिता पालनामा कडाई गरेको छ ।
गुल्मीमा निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्लास्तरीय एकीकृत सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरिएको सुरक्षा निकायले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील ४८, संवेदनशील ५७ र सामान्य ४० मतदान केन्द्र छन् । नेपाल प्रहरीतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरीतर्फ १७९ निर्वाचन प्रहरी छनोट भएर तालिम सञ्चालन सकेर परिचालन भएका छन् ।